गुलरिया, असार २३ - सशस्त्र सीमा सुरक्षा बल जमुनी पोष्ट बर्दियाका सशस्त्र प्रहरी निरीक्षक श्याम केसीमाथि मदिराबाट मात्तिएका केही स्थनीय युवाहरुले आक्रमण गरेका छन् ।
उनलाई जमुनी-५ जमुनी चोकमा गए राति करिब साढे आठ बजे १०/१२ जना मदिरा पिएका युवाहरुले बियरका बोत्तलले टाउकोमा प्रहार गरेको ससस्त्र प्रहरी उपरिक्षक ऋषीदेव कार्कीले जनाए । उनलाई काम छ भनी एक्लै बोलाएर आक्रमण गरेको उनले बताए । उनको तत्काल उपचारका लागि नेपालगन्ज लगिएको थियो । टाउकोमा दुई वटा टाका लगाईएका ससस्त्र प्रहरी निरीक्षकको अवस्था सामान्य छ ।
ईलाका प्रहरी कार्यालय,मैनापोखरका प्रहरी निरीक्षक सागर राणाका अनुसार स्थानीय होम अधिकारी लगायतका युवाले आक्रमण गरेका हुन् । घटना लगतै प्रहरीले आक्रमणकारीको खोजी गरेपनि फरार रहेको प्रहरी निरीक्षक राणाले जनाए ।
प्रकाशित मिति: २०७० असार २३
https://www.facebook.com/nepalinewss
No comments:
Post a Comment