Wednesday, July 17, 2013

» मुख्य समाचार » 'चेकपोस्ट राख्ने प्रस्ताव 'असल नियत' ले ' चेकपोस्टसम्बन्धी समाचारप्रति भारतीय दूतावासको आपत्ति -

काठमाडौं, श्रावण ३ - सीमावर्ती क्षेत्रमा चेकपोस्ट राख्ने प्रस्तावसम्बन्धी समाचार सञ्चार माध्यमले भ्रामक रूपमा प्रेषित गरेको भन्दै भारतीय दूतावासले आपत्ति जनाएको छ ।
'नेपालको राष्ट्रिय स्वाधीनतासूग सम्झौता गरी' र 'पशुपतिनगर र लुम्बिनीमा अध्यागमन चेकपोस्ट राख्ने प्रस्ताव' सम्बन्धी सञ्चार माध्यममा आएका समाचार भ्रामक रहेको भन्दै दूतावासले विज्ञप्तिमार्फत आपत्ति जनाएको हो । हालै सर्वोच्चले सिमानामा अध्यागमन केन्द्र राख्ने र विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई दिने गत जेठ १८ गते भएको दुई देशका गृहसचिवस्तरीय निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि त्यससम्बन्धी समाचार सञ्चार माध्यममा आएको थियो ।
'जून १, २०१३ मा काठमाडौंमा सम्पन्न नेपाल र भारतका गृहसचिवस्तरको बैठकमा भएको छलफलका विषयहरूलाई भ्रामक रूपमा सम्प्रेषण गरिएको छ,' विज्ञप्तिमा भनिएको छ । पशुपतिनगर र लुम्बिनीमा दुवैतर्फ सीमामा अध्यागमन चेकपोस्ट राख्ने प्रस्ताव 'असल नियत' ले र नेपालको 'उत्कट चाहना' अनुसार तेस्रो देशबाट आउने विदेशी पर्यटकहरूलाई यी विन्दुहरूबाट आवागमनमा सहजीकरण गर्न राखिएको दूतावासको दाबी छ ।
'अध्यागमन चेकपोस्टहरू कहिल्यै पनि एक देशले अर्को देशको भूमिमा स्थापना गर्दैन तर यस्ता चेकपोस्टहरू आ- आफ्नै भूमिमा सीमावर्ती रूपमा राखिन्छन्,' विज्ञप्तिमा भनिएको छ, 'तसर्थ भारतले पशुपतिनगर र लुम्बिनीमा नेपाल भूमिमाथि अध्यागमन चेकपोस्टहरू स्थापना गर्ने भन्ने प्रश्न नै आउँदैन ।' भारत र नेपालबीच यी दुई विन्दुहरू (पशुपतिनगर र लुम्बिनी) मा भारत- नेपाल सीमामा यसअघि सहमतिमा रहेका चेकपोस्टहरू जस्तै आ- आफ्नो भूमिमा स्थापना गर्नेबारे छलफल भएको दूतावासले जनाएको छ ।
'पशुपतिनगरमा अध्यागमन चेकपोस्टको स्थापना विदेशी पर्यटकलाई दार्जिलिङबाट इलाम आउन तथा लुम्बिनीमा भारतमा रहेका 'बुद्धिस्ट सर्किट' को भ्रमणपछि लुम्बिनी भ्रमण गर्न इच्छुक पर्यटकलाई सहजीकरण गर्ने आशयको छ,' विज्ञप्तिमा भनिएको छ, 'हाल यी पर्यटकहरू अध्यागमन चेकपोस्टहरू रहेका स्थान क्रमशः काूकडभिट्टा र भैरहवा भएर आउने गर्छन् ।'
यी बाटोबाट आउूदा घुमाउरो पर्ने हुँदा पर्यटकहरूलाई यात्रा समय र दूरी बढी भई इलाम र लुम्बिनीमा भ्रमणमा आउन उत्साहित नहुने गरेको दूतावासको भनाइ छ । 'सहज चेकपोस्टको अभावले पर्यटन विकासको प्रयासमा अवरोध आएको' कुरा गत माघ १ र २ गते लुम्बिनीमा भारतीय दूतावासद्वारा आयोजित भारत- नेपाल संयुक्त पर्यटन मेलाका सहभागी पर्यटन व्यवसायीहरूले नै ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: २०७० श्रावण ३
- See more at: https://www.facebook.com/nepalinewss
-popular VIDEO: http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:

Post a Comment