Wednesday, July 17, 2013

» मुख्य समाचार » क्यानडामा एक नेपालीको मृत्यु डा. देउजा एभरेष्ट इञ्जिनियरिङ एण्ड इरोजन कन्ट्रोलमा प्राविधिक निर्देशक थिए -

टोरोन्टो , श्रावण ३ - क्यानडाको पश्चिमी ब्रिटिस कोलम्बिया प्रान्तको सहर भ्यानकुभरमा बसोबास रहेका नेपाली क्यानेडियन डा. हरि देउजाको उपचारका क्रममा सोमबार मृत्यु भएको छ ।
जुलाईको पहिलोसाता स्थानीय एक रेष्टुरेन्टबाट खाना खाएर बाहिर निस्कदै गर्दा पार्किङ क्षेत्रमा लडेर बेहोस भएको अवस्थामा उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउँदा डक्टरहरुले उनको मष्तिस्कमा अक्सिजनको कमी रहेको बताएका थिए । भ्यानकुभरस्थित सुरे मेरोरियल हस्पिटलको कोमामा रहेका उनको उपचारका क्रममा मृत्यु भएको नेपाल कल्चरल सोसाइटी, ब्रिटिस कोलम्बियाले जानकारी दिएको छ । उनका श्रीमती र एक छोरी छन् ।
पेसाले इञ्जिनयर डा. देउजा एभरेष्ट इञ्जिनियरिङ एण्ड इरोजन कन्ट्रोलमा प्राविधिक निर्देशकका रुपमा कार्यरत रहेको उनको लिंकड्इन अकान्टमा उल्लेख छ ।  उनले खारकोभ स्टेट अटोमोवाइल एण्ड हाइवे टेक्निकल युनिभर्सिटी, युक्रेनबाट सिभिल इञ्जिनियरिङमा पिएचडी गरेका थिए । उनका श्रीमती र एउटी छोरी छन् । उनी एनआरएन क्यानडाको आजिवन सदस्यका साथै अन्य बिभिन्न संस्थाहरुमा पनि सक्रिय थिए। उनी hari-deuja.blogspot.ca मा विभिन्न विषयहरुमा ब्लग पनि लेख्ने गरेका थिए।
डा.देउजाको मृत्युले नेपाली समुदायले एक सक्रिय सदस्य गुमाउनु परेको भन्दै एनआरएन क्यानडा, एनसिसिएस, नेपाल कल्चरल सोसाइटी, बि्रटिस कोलम्वीया लगायतका संस्थाले दु:ख ब्यक्त गरेका छन् ।
- जयराम गौतम/क्यानडा


प्रकाशित मिति: २०७० श्रावण ३
- See more at: https://www.facebook.com/nepalinewss
Popular VIDEO: http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:

Post a Comment