Wednesday, July 17, 2013

» प्रवास » मलेसियामा नेपाली गायकको निधन

काठमाडौ, श्रावण ३ - एक दशकदेखि मलेसियामा बसेर गाउँदै आएका गायक बुद्ध थापाको निधन भएको छ । क्वालालम्पुरस्थित एउटा होटलको जमघटमा  गायिका पत्नी रोजी श्रेष्ठसँग गाउँदागाउँदै ४७ वर्षीय उनलाई अचानक हृदयाघात भएको थियो ।

'यो मनलाई अचेल....', 'तरी जाऊ भन्थें....' लगायत गीतका गायक बुद्धले १३ वर्षदेखि मलेसियामा गायन पेसा गर्दै आएका थिए । रेडियो नेपालमा झन्डै तीन दर्जन गीत रेकर्ड गराएका उनको मंगलबार आर्यघाटमा दाहसंस्कार गरियो ।

सिरहा गोलबजारका उनका ११ वर्षीय छोरा र पत्नी छन् । 'उनी निकै मिहिनेती र मिलनसार थिए,' उनीसँग सानैदेखि सहकार्य गरेका संगीतकार आनन्द राईले भने ।



प्रकाशित मिति: २०७० श्रावण ३
- See more at: https://www.facebook.com/nepalinewss
-popular VIDEO: http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:

Post a Comment