Saturday, July 27, 2013

» मुख्य समाचार » घोषणापत्र बनाउँदै एमाले


काठमाडौं , श्रावण १३ - एमाले उम्मेदवार छनोटको मापदण्ड तय र घोषणापत्र निर्माणमा केन्द्रित भएको छ । केन्द्रीय समितिको जारी २२ औं बैठकले ती दुवै कामका लागि समिति बनाउने निर्णय गरेको छ । स्थायी समितिले त्यसको गृहकार्य गरिरहेको छ ।
एमालेले चुनावी एजेन्डा र नाराहरूमा राख्ने सैद्धान्तिक विषयहरू तय गरिसकेको छ । 'बहुजातीय पहिचानसहितको संघीयता, सामाजिक एकतासहितको राष्ट्रियता' लाई उसले प्रमुख मुद्दा बनाउने भएको छ । यो नीति कार्यान्वयनका लागि 'एमालेको नीति, एमालेकै नेतृत्व' भन्ने मूल चुनावी नारा तय गरेको छ । चुनावकै लागि भदौ तेस्रो साता राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । भेलामा मुलुकभरका अगुवा कार्यकर्ता सहभागी हुने र त्यसपछि पार्टीको सम्पूर्ण पंक्ति चुनावी काममा होमिने एमालेले जनाएको छ ।
एमालेले यसअघि जेठ र असारमा पहिलो चरणको चुनावी कार्यक्रम सञ्चालन गरिसकेको
छ । उक्त अभियानबाट पार्टीको अवस्था मजबुत रहेको र पहिलो पार्टी बन्न सक्ने आँकलन गरेको छ । चुनावी अभियानको जारी बैठकले समीक्षा गर्दै कांग्रेसलाई प्रमुख प्रतिस्पर्धी दलका रूपमा उभ्याएको छ ।
प्रकाशित मिति: २०७० श्रावण १३
- See more at: https://www.facebook.com/nepalinewss
-popular video: http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:

Post a Comment