दाङ, श्रावण १३ - दाङमा आइतबार बिहान रोकिराखेको ट्रकमा बस ठोक्किदा दुई जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।
काठमाडौंबाट धनगढी जाँदै गरेको ना ४ ख ३९८१ नम्बरको यात्रुवाहक बस सतबरिया ९ अमिलियामा रोकिराखेको लु १ ख ६४६९ नम्बरको ट्रकमा ठोक्किदा बसका सहचालक र बसमा सवार एक यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
दुर्घटनामा कैलाली प्रतापपुर-५ निवासी अल्का चौधरीको मृत्यु भएको छ । बसका सहचालकको भने नाम ठेगाना खुल्न सकेको छैन । दुर्घटनामा बर्दिया बेलुवा ४ की २० वर्षीया निमा बुढा, कैलाली धनगढी नगरपालिकाकी २५ वर्षीया सावित्री आचार्य, कैलाली चौमाला ७ का ३६ वर्षीय रामचन्द्र अधिकारी, ३० वर्षीय प्रकाश केसी, कैलाली धनगढीका ४० वर्षीय तिलक बम र ४१ वर्षीय तेजबहादुर चन्द घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते सबैलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको छ ।
प्रकाशित मिति: २०७० श्रावण १३
-popular video: http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:
Post a Comment