Saturday, October 5, 2013

संघीय समाजवादी पार्टी घोषणापत्रमा 'समावेशी राष्ट्रपति प्रणाली'



See more at:https://www.facebook.com/nepalinewss
भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog

 100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
 I lop u kali
 मेरोनेपाल Mero Nepal
 Nepali music VDO

काठमाडौं, आश्विन २० - संघीय समाजवादी पार्टी नेपालले आफ्नो घोषणापत्रमा शासकीय व्यवस्थामा 'समावेशी राष्ट्रपति प्रणाली' प्रस्ताव गरेको छ । उसले राष्ट्रपति र उपराष्ट्रपति प्रत्यक्ष निर्वाचनबाट चुनिने र फरक जाति समुदायको हुने भनेको छ ।
'संघीय शासनसहितको समाजवादी व्यवस्था हुनुपर्छ,' निर्माणाधीन घोषणपत्रबारे पार्टीका एक पदाधिकाले भने, 'हामीले संसारभरिका लोकतन्त्रका साश्वत मूल्य मान्यताहरू अवलोकन गरेर घोषणापत्रमा २१ वटा विशेषता उल्लेख गरेका छौं ।' जनताको सर्वोच्चता, संघीय शासन बहुलतायुक्त खुला समाज, संवैधानिक तथा कानुनी राज्य, शक्ति पृथकीकरण, मौलिक हक तथा मानवअधिकार, बालिग मताधिकार र आवधिक निर्वाचनबारे उल्लेख छ ।
प्रस्तावमा स्वायत्त प्रदेश, स्वायत्त क्षेत्र, संक्षत क्षेत्र र गैरभौगोलिक विशेष क्षेत्र हुने भनिएको छ । प्रदेशमा प्रत्यक्ष निर्वाचनबाट मुख्यमन्त्री निर्वाचित हुने र स्थानीय तहमा समेत त्यही प्रणालीको राजनीतिक व्यवस्था रहने उल्लेख छ छ । आदिवासी जनजाति, मधेसी, खस, दलित र मुस्लिमको अधिकारलाई प्रष्ट रूपमा किटान गरिने भनिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि-१६९ नेपाल पक्ष राष्ट्र भएकोले त्यसैका आधारलाई टेकिने जनाइएको छ ।
संविधानसभा चुनावलाई श्रमजिवी वर्ग र उत्पीडित समुदायको अधिकारको लागि संघर्षको थलोका रुपमा हुने संघीय समाजवादीले जनाएको छ । प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था र समानुपातिक प्रतिनिधित्व, राज्यसत्ता र पार्टीको लोकतान्त्रिकरण, समाजवादी अर्थ राजनीतिक दिशा अूगालेको उसले उल्लेख गरेको छ । आर्थिक व्यवस्था समाजवादी उन्मुख मिश्रति अर्थतन्त्र हुने भनिएको छ ।
संघीय समाजवादीले राष्ट्रियता र राष्ट्रिय हित संरक्षणका निम्ति जनक्रान्तिको उपलब्धी रक्षा गर्न समावेशी लोकतन्त्र, संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, उत्पीडित समुदायको मुक्ति, वर्गीय मुक्ति, सामाजिक न्याय, सुशासन रहने भनेको छ । 'संघीय समाजवादी नेपाली क्रान्तिको मौलिक सिद्धान्त हो,' घोषणापत्रको खाकामा छ, 'यसले ०६२/६३ को जनक्रान्तिको पूर्णता र समाजवादको उन्मुख दिशा लिनेछ ।'
पार्टीका महासचिव तथा घोषणापत्र मस्यौदा समितिका संयोजक राजेन्द्र श्रेष्ठले घोषणापत्रको प्राम्भक मस्यौदाको खाका तयार भएको जनाए । 'घोषणापत्रको खाका तयार भएको छ र सुझाव लिने काम भइरहेको छ,' उनले भने, 'केही दिनसम्म छलफल र सुझाव लिने क्रम चल्नेछ ।'
युगान्तका परिवर्तन एकपटकमात्र हुने तर नेपालका पुराना राजनीतिक दलहरूको अक्षमताले पहिलो संविधानसभाबाट संविधान बन्न नसकेको श्रेष्ठले दावी गरे । पार्टी मुद्दाका हिसाबले नयाू शक्तिका रुपमा उदीयमान रहेको उल्लेख गर्दै उनले भने, 'त्यसैले जनसमुदायले नयाँ शक्तिलाई रोज्न अपील गरेका छौं ।' उक्त पार्टीले सबै जिल्लाबाट उम्मेदवा तय गरेको र मुद्दा तथा एजेन्डा मिलेका पार्टीहरूसित चुनावी तालमेल गर्नेसमेत जनाएको छ ।
प्रकाशित मिति: २०७० आश्विन २०

No comments:

Post a Comment