बन्दसूचीको छानबिन सुरु
See more at: https://www.facebook.com/nepalinewss
भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
काठमाडौं, आश्विन २० - निर्वाचन आयोगले संविधानसभा निर्वाचनका लागि दलहरूले शुक्रबार पेस गरेको समानुपातिकका उम्मेदवारको बन्दसूचीको छानबिन सुरु गरेको छ ।
आयोगले शनिबारसमेत काम सुचारु राखेको प्रवक्ता वीरबहादुर राईले बताए । 'सूची समानुपातिक भए/नभएकोबारे असोज २५ गतेभित्र जानकारीसहित सच्याउन लगाउनेछौं । कात्तिक ५ गतेसम्ममा संशोधनसहित बन्दसूची पेस गर्ने मौका पाउने छन् ।'
'राई बढी भयो'
संघीय समाजवादीले बुझाएको सूचीमा 'राई बढी भएको' भन्दै ध्यानकार्षण गराएको स्रोतले जनाएको छ ।
'समानुपातिक उम्मेदवार सूची समावेशी भएन भन्दै आजै आयोगले टेलिफोनमा जानकारी गराएको छ,' पार्टी स्रोतले भन्यो, 'सायद जातजाति, महिला, दलित, मधेसी, अल्पसंख्यक नमिलेको हुन सक्छ ।'
पार्टीले अध्यक्ष अशोक राईसहित ३ सय ३५ वटै समानुपातिक सिटमा नामावली पेस गरेको छ । महासचिव राजेन्द्र श्रेष्ठले बन्दसूची बुझाइसकेकाले आचारसंहिताअनुसार बोल्न नमिल्ने बताए ।
प्रकाशित मिति: २०७० आश्विन २०

No comments:
Post a Comment