Saturday, October 5, 2013

सबै उम्मेदवारलाई पर्याप्त सुरक्षा दिन जिल्ला प्रशासन र प्रहरीलाई निर्देशन

गृह मन्त्रालयद्वारा आलममाथिको आक्रमणको छानबिन गर्न समिति गठन

See more at: https://www.facebook.com/nepalinewss
भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog

 100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
 I lop u kali
 मेरोनेपाल Mero Nepal
 Nepali music VDO

काठमाडौं, आश्विन २० - सरकारले बारा जिल्ला निर्वाचत क्षेत्र नं. ४ का नेकपा एमालेका उम्मेदवार महमुद आलममाथि शुक्रबार अज्ञात व्यक्तिहरूबाट भएको गोली प्रहारको घटनाका सम्बन्धमा छानबिन गर्न शनिबार एआईजी दिनकरसमसेर राणाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । निर्वाचन प्रचार क्रममा रहेका आलममाथि गोली प्रहार गरिएको भोलिपल्ट गृह मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।
छानबिन समितिमा मध्यमाञ्चलका डीआईजी विज्ञानराज शर्मा र राष्ट्रिय अनुसन्धान विभाग, क्षेत्रीय कार्यालय, मध्यमाञ्चलका अनुसन्धान निर्देशक (डीआईजी) देवराज भट्ट सदस्य छन् । समितिलाई उक्त घटनाका सम्बन्धमा छानबिन गरी सत्यतथ्य पत्ता लगाएर सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको गृह मन्त्रालयद्वारा शनिबार साँझ जारी विज्ञप्तिमा उल्लेख छ । समितिले आइतबार नै घटनास्थल पुगी छानबिन कार्य थाल्ने जानकारी गृह मन्त्रालयका अधिकारीले दिए ।
'एमालेका उम्मेदवार आलममाथि शनिबार अज्ञात व्यक्तिहरूबाट भएको गोली प्रहारको घटनासम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनासम्बन्धमा अनुसन्धान कार्य जारी रहेको छ । अनुसन्धान कार्यलाई तीव्रता दिई घटनाको सत्यतथ्य पत्ता लगाई छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न एआईजी राणाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ' गृहको वक्तव्यमा छ ।
मन्त्रालय संविधानसभा चुनावमा सम्पूर्ण उम्मेदवारलाई पर्याप्त सुरक्षा दिन गम्भीर र संवेदनशील रहेको जानकारी गृहका अधिकारीले दिए । आलममाथि गोली प्रहारको घटना हुनेबित्तिकै गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयहरूलाई सम्पूर्ण उम्मेदवारको व्यक्तिगत सुरक्षाको व्यवस्था मिलाउन शुक्रबार नै निर्देशन दिइसकेको जानकारी मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख एवं प्रवक्ता शंकर कोइरालाले दिए ।
आलममाथि गोली प्रहारको घटना भएपछि मन्त्रालय उम्मेदवारहरूको सुरक्षाप्रति गम्भीर र संवदेनशील भएर तत्काल जिल्ला प्रशासन कार्यालय र सबै सुरक्षा निकायहरूलाई निर्देशन दिइएको गृहका अधिकारी बताउँछन् ।
'उम्मेदवारलाई पर्याप्त सुरक्षा दिन गृह मन्त्रालय गम्भीर छ' कोइरालाले भने- 'मन्त्रालयले उम्मेदवारहरूलाई उनीहरूको सुरक्षा थ्रेटको अवस्था विश्लेषण गरी आवश्यकताअनुसार पर्याप्त सुरक्षा व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई लिखित निर्देशन दिएको छ ।'
गृहले जिल्ला प्रशासन र मातहतका सुरक्षा निकायहरूलाई उम्मेदवारहरूको सुरक्षा र चुनावलाई चुनाव शान्तिपूर्ण बनाउन सुरक्षामा कुनै त्रुटि नगर्नसमेत कडा निर्देशन दिएको छ । कोइरालाका अनुसार गृह मन्त्रालयले संविधानसभा चुनावलाई निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन स्थानीय प्रशासनलगायत सबै सुरक्षा निकायलाई निर्देशन दिइसकेको जनाएको छ ।
नेपाल प्रहरी स्वयंले समेत आलममाथि गोली प्रहार भएको घटनाको अपराध अनुसन्धान ब्युरोको एउटा टोली पठाएर शुक्रबारदेखि नै छानबिन थालेको छ । 'अपराध अनुसन्धान ब्युरोका एसपी ईश्वरबाबु कार्कीको कमान्डमा एउटा टोली बाराको घटनास्थलमा शुक्रबार नै पुगेर छानबिन थालिसकेको छ' नेपाल प्रहरीका प्रवक्ता नवराज सिलवालले जानकारी दिए ।
प्रहरीको छानबिन टोलीले आलममाथिको आक्रमण चुनाव बहिष्कार गरी असफल पार्ने अभियानमा लागेका तराई-मधेसका सशस्त्र समूह या कुनै पार्टी विशेषबाट निर्वाचनलाई प्रभावित पार्ने उद्धेश्यले नभई अरूले नै गरेको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालेको जानकारी एक प्रहरी अधिकारीले दिए ।
'पेशेवर सार्प सुटर प्रयोग गरी जसरी आलममाथि गोली हानिएको छ । त्यसबाट यो आक्रमण सञ्चार उद्यमी जमिम साहलगायतका मुस्लिम समुदायका प्रभावशाली व्यक्तिमाथि जस्तै बाहिरी षड्यन्त्रबाट आक्रमण भएको हाम्रो प्रारम्भिक निष्कर्ष छ' मध्य क्षेत्रका एक प्रहरी अधिकारीले भने- 'यो चुनावलाई प्रभावित पार्न तराई-मधेसका सशस्त्र समूह या कुनै पार्टी विशेषले गरेको घटनाजस्तो लाग्दैन ।'

प्रकाशित मिति: २०७० आश्विन २०
Photo: सबै उम्मेदवारलाई पर्याप्त सुरक्षा दिन जिल्ला प्रशासन र प्रहरीलाई निर्देशन
गृह मन्त्रालयद्वारा आलममाथिको आक्रमणको छानबिन गर्न समिति गठन

See more at: http://media36.blogspot.com/
भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog

(y) 100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
(y) I lop u kali
(y) मेरोनेपाल Mero Nepal
(y) Nepali music VDO

काठमाडौं, आश्विन २० - सरकारले बारा जिल्ला निर्वाचत क्षेत्र नं. ४ का नेकपा एमालेका उम्मेदवार महमुद आलममाथि शुक्रबार अज्ञात व्यक्तिहरूबाट भएको गोली प्रहारको घटनाका सम्बन्धमा छानबिन गर्न शनिबार एआईजी दिनकरसमसेर राणाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । निर्वाचन प्रचार क्रममा रहेका आलममाथि गोली प्रहार गरिएको भोलिपल्ट गृह मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।
छानबिन समितिमा मध्यमाञ्चलका डीआईजी विज्ञानराज शर्मा र राष्ट्रिय अनुसन्धान विभाग, क्षेत्रीय कार्यालय, मध्यमाञ्चलका अनुसन्धान निर्देशक (डीआईजी) देवराज भट्ट सदस्य छन् । समितिलाई उक्त घटनाका सम्बन्धमा छानबिन गरी सत्यतथ्य पत्ता लगाएर सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको गृह मन्त्रालयद्वारा शनिबार साँझ जारी विज्ञप्तिमा उल्लेख छ । समितिले आइतबार नै घटनास्थल पुगी छानबिन कार्य थाल्ने जानकारी गृह मन्त्रालयका अधिकारीले दिए ।
'एमालेका उम्मेदवार आलममाथि शनिबार अज्ञात व्यक्तिहरूबाट भएको गोली प्रहारको घटनासम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनासम्बन्धमा अनुसन्धान कार्य जारी रहेको छ । अनुसन्धान कार्यलाई तीव्रता दिई घटनाको सत्यतथ्य पत्ता लगाई छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न एआईजी राणाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ' गृहको वक्तव्यमा छ ।
मन्त्रालय संविधानसभा चुनावमा सम्पूर्ण उम्मेदवारलाई पर्याप्त सुरक्षा दिन गम्भीर र संवेदनशील रहेको जानकारी गृहका अधिकारीले दिए । आलममाथि गोली प्रहारको घटना हुनेबित्तिकै गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयहरूलाई सम्पूर्ण उम्मेदवारको व्यक्तिगत सुरक्षाको व्यवस्था मिलाउन शुक्रबार नै निर्देशन दिइसकेको जानकारी मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख एवं प्रवक्ता शंकर कोइरालाले दिए ।
आलममाथि गोली प्रहारको घटना भएपछि मन्त्रालय उम्मेदवारहरूको सुरक्षाप्रति गम्भीर र संवदेनशील भएर तत्काल जिल्ला प्रशासन कार्यालय र सबै सुरक्षा निकायहरूलाई निर्देशन दिइएको गृहका अधिकारी बताउँछन् ।
'उम्मेदवारलाई पर्याप्त सुरक्षा दिन गृह मन्त्रालय गम्भीर छ' कोइरालाले भने- 'मन्त्रालयले उम्मेदवारहरूलाई उनीहरूको सुरक्षा थ्रेटको अवस्था विश्लेषण गरी आवश्यकताअनुसार पर्याप्त सुरक्षा व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई लिखित निर्देशन दिएको छ ।'
गृहले जिल्ला प्रशासन र मातहतका सुरक्षा निकायहरूलाई उम्मेदवारहरूको सुरक्षा र चुनावलाई चुनाव शान्तिपूर्ण बनाउन सुरक्षामा कुनै त्रुटि नगर्नसमेत कडा निर्देशन दिएको छ । कोइरालाका अनुसार गृह मन्त्रालयले संविधानसभा चुनावलाई निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन स्थानीय प्रशासनलगायत सबै सुरक्षा निकायलाई निर्देशन दिइसकेको जनाएको छ ।
नेपाल प्रहरी स्वयंले समेत आलममाथि गोली प्रहार भएको घटनाको अपराध अनुसन्धान ब्युरोको एउटा टोली पठाएर शुक्रबारदेखि नै छानबिन थालेको छ । 'अपराध अनुसन्धान ब्युरोका एसपी ईश्वरबाबु कार्कीको कमान्डमा एउटा टोली बाराको घटनास्थलमा शुक्रबार नै पुगेर छानबिन थालिसकेको छ' नेपाल प्रहरीका प्रवक्ता नवराज सिलवालले जानकारी दिए ।
प्रहरीको छानबिन टोलीले आलममाथिको आक्रमण चुनाव बहिष्कार गरी असफल पार्ने अभियानमा लागेका तराई-मधेसका सशस्त्र समूह या कुनै पार्टी विशेषबाट निर्वाचनलाई प्रभावित पार्ने उद्धेश्यले नभई अरूले नै गरेको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालेको जानकारी एक प्रहरी अधिकारीले दिए ।
'पेशेवर सार्प सुटर प्रयोग गरी जसरी आलममाथि गोली हानिएको छ । त्यसबाट यो आक्रमण सञ्चार उद्यमी जमिम साहलगायतका मुस्लिम समुदायका प्रभावशाली व्यक्तिमाथि जस्तै बाहिरी षड्यन्त्रबाट आक्रमण भएको हाम्रो प्रारम्भिक निष्कर्ष छ' मध्य क्षेत्रका एक प्रहरी अधिकारीले भने- 'यो चुनावलाई प्रभावित पार्न तराई-मधेसका सशस्त्र समूह या कुनै पार्टी विशेषले गरेको घटनाजस्तो लाग्दैन ।'
 
प्रकाशित मिति: २०७० आश्विन २०

No comments:

Post a Comment