See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

न्युयोर्क, श्रावण १८ - पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनाल र संयुक्त राष्ट्रसंघका महासचिव वान की मुन बीच बिहीबार राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता भएको छ । भेटमा बिशेषतः आगामी संविधान सभाको निर्वाचनमा बिषयमा चर्चा भएको थियो । भेटको सुरुवातमा पूर्व प्रधानमन्त्री खनालले आगामी निर्वाचनको महत्व बारे महासचिव मुनलाई जानकारी गराउँदै निर्वाचनको तयारी सन्तोषजनक रहेको दाबी समेत गरेका थिए । खनालको भनाई उदृत गर्दै सहभागीले भने 'निर्वाचनको तयारी सन्तोषजनक छ । चुनाव सम्पन्न गराउन हामी दृढ छौं ।' मुन समक्ष खनालले निर्वाचनका लागि छिमेकी मित्र राष्ट्रहरु एवं राष्ट्र संघ सहित अन्र्तराष्ट्रिय समुदायको सर्मथन र सदभावको प्रशंसा गरेका थिए । खनालले निर्वाचनको तयारी सम्बन्धी राजनीतिक, प्रावधिक र कानुनी पक्षहरुको बारेमा महासचिव मुनलाई जानकारी गराएका थिए ।
निर्वाचनमा नेकपा माओवादी लगायत ३३ घटकहरुको सहभागिताको संभावना शंकाकै घेरामा रहेको वर्तमान पृष्ठभूमिमा महासचिव मुनले चार दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रले अन्य सबै राजनितीक दलहरुलाई पनि चुनावी प्रतिस्पर्धामा ल्याउनुपर्ने विचार व्यक्त गरेको ती सहभागीले बताए । नेपालको शान्ति प्रक्रिया र राजनीतिक उतार चढावलाई नजिक बाट नियालिरहेका मुनले प्रजातन्त्रमा निर्वाचनको महत्व बारे चर्चा गर्दै आगामी निर्वाचन शान्तिपुर्ण एवम व्यवधान बिना सम्पन्न हुने आशा व्यक्त गरेका थिए । एमाले अधयक्ष खनालले चारदलीय उच्चस्तरीय संयन्त्रले सबै राजनितीक पार्टीहरुलाई निर्वाचनमा सहभागी गराउने प्रयास गरिरहेको जानकारी गराए । भेटमा मुनले राष्ट्रसंघीय शान्ति मिसनमा नेपालको सहभागिता र कार्यको प्रशंसा गरेका थिए भने खनालले नेपालको शान्ति प्रक्रिया र अघिल्लो संविधान सभाको निर्वाचनमा राष्ट्र संघले खेलेको भूमिकाको लागि मुनलाई धन्यवाद ज्ञापन गरेका थिए ।
खनाल र मुनले सन २०११ मा टर्कीको ईस्तानाबुलमा सम्पन्न अति कम विकसित राष्ट्रहरुको चौथो सम्मेलनको स्मरण गर्दै नेपालको आर्थिक समृद्वि बारे चर्चा गरेका थिए । खनालले सन २०२२ सम्म नेपाल अति कम विकसित मुलुकको श्रेणी बाट माथि उठिसक्ने सरकारी निर्णय मुनलाई सुनाएका थिए । भेटमा लुम्बिनी विकास परियोजना बारे चर्चा भएको र खनालले मुनलाई लुम्बिनी भ्रमणको निम्तो दिएका थिए । सो अवसरमा एमाले नेता भिम रावल उपस्थिति थियो । अमेरिकामा रहेका एमाले सर्मथकहरुको संस्था प्रवासी नेपाली मंन्चको अधिवेशनका लागि एमाले अध्यक्ष खनाल बुधबार अमेरिका आएका हुन् । खनालले शनिबार अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक समितीका संन्जय थापाले ईकान्तिपुर लाई बताए ।

No comments:
Post a Comment