Thursday, August 1, 2013

» समाचार » उपत्यका माओवादीसहित मोर्चाद्वारा वार्ता र विरोध सँगै



See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


काठमाडौं, श्रावण १८ - नेकपा- माओवादी र सम्बद्ध मोर्चाले चुनावको विरोध र वार्ताको तयारी सँगसँगै लगेका छन् । बहिष्कारको प्रचारात्मक कार्यक्रम गर्दा सरकारले गरेको हस्तक्षेपको विरोधमा उनीहरूले बिहीबार राजधानी र बाहिरका विभिन्न भागमा निर्वाचन आचारसंहिता जलाए ।
मोर्चाबीच विरोधका अन्य कार्यक्रमबारे पनि छलफल भइरहेको माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । सरकार र उच्चस्तरीय राजनीतिक समितिले निःसर्त बोलाएपछि मोर्चाले वार्ताको तयारीसमेत गर्दैछन् । मोर्चाले आबद्ध दलहरूबीच बैठक बसी यसबारे निर्णय लिने भएको छ ।
मोर्चाले बिहीबार राजधानीभित्रका अधिकांश निर्वाचन क्षेत्रमा सरकारी हस्तक्षेपको विरोधमा आचारसंहिता जलायो । रत्नपार्क र लगनखेलमा विरोध सभा गरी नेताहरूले बहिष्कार कार्यक्रममा हस्तक्षेप नगर्न आग्रह गरे । लगनखेलमा माओवादी प्रवक्ता भुसाल र काठमाडौंका कार्यक्रममा माओवादी उपाध्यक्ष सीपी गजुरेल, सचिव देव गुरुङले नेतृत्व गरेका थिए ।
शान्तिपूर्ण तरिकाले चुनावको विरोध गर्दा प्रहरी प्रशासनले धरपकड गरेको भन्दै भुसालले विपक्षीका मागप्रति सरकार गम्भीर नदेखिएको प्रतिक्रिया दिइन् । जसरी चुनावमा भाग लिने अधिकार छ । भाग लिन्न भन्न पनि पाइन्छ,' उनले भनिन्, 'तर सरकारले भने भाग लिन्न भन्नेहरूप्रति गलत रवैया देखाएको छ ।'
नेकपा- माओवादीका केन्द्रीय सदस्य एकराज भण्डारीले आचारसंहिताले निर्वाचन खर्च, नियुक्ति, सरुवाजस्तालाई रोकेपनि चुनावमा भाग नलिनेको अधिकारलाई संविधानले पनि नछेक्ने दाबी गरे । 'हामीले पोस्टर टाूस्न हुूदैन, पर्चा छर्न हुूदैन भनी संविधानको कुनै धारामा लेखिएको छैन,' काठमाडौंको निर्वाचन क्षेत्र नं ७ मा आचासंहिता जलाएपछि उनले भने, 'नागरिकका हक, अधिकार खोस्ने अधिकार सरकार र ४ दललाई पनि छैन ।'
       
प्रकाशित मिति: २०७० श्रावण १८

No comments:

Post a Comment