सर्लाही, श्रावण २० - जंगली हात्ती को आक्रमणबाट आइतवार बिहान सर्लाहीको हरिपुर गाविस-१ मा एक बालिका सहित दुईजनाको मृत्यु भएको छ ।
अढाई बर्षकी हिरीया महतो र ३० बषिर्य उपेन्द्र महतोको हात्ती आक्रमणवाट मृत्यु भएको हो । पानी लगाउन राती खेतमै बसेका उपेन्द्रलाई निदाएको बेला हात्ती ले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यसैगरी हिरनीका परिवार गर्मीका कारण घर वाहिर सुतेका बेला हात्ती पुगेर आक्रमण गरेको थियो । हात्ती ले सुतेकै ठाउँमा आक्रमण गरेपछि सबै भागेका थिए । भाग्न नसक्ने सानी बालिकालाई हात्ती ले लछारपछार पारेर मारेको हो । दुबै घटना २ सय मिटरको फरकमा भएको थियो ।
हिरनीका बुबा नथुनीले हात्ती आँगनमा आएपछि सबैजना हल्ला गर्दै भागेको वताए । 'हामी ज्यान बचाउन भाग्यौं,' उनले भने, 'छोरीलाई सुंडले बेरेर पछार्यो ।' भागदौडमा हिरनीकै जुम्ल्याहा बहिनी गिरनीको दाहिने खुट्टा भाँचिएको छ ।
सुतेकै स्थानमा हात्ती ले आक्रमण गर्न थालेपछि गाउँमा आतंक फैलिएको छ । स्थानीय विनोद साहले हात्तिको त्रासले कोहीपनि खेतमा पानी लगाउन जान नसक्ने अबस्था आएको वताए । 'घरमै बसेर काम हुंदैन,' उनले भने, ' हात्ती को त्रासले भोकै बस्नु पर्ने अबस्था आयो ।'
जंगली हात्तिको आक्रमणवट दुई महिनामा यहाँ चारजनाको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: २०७० श्रावण २०

No comments:
Post a Comment