See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
निजगढ, श्रावण २० - दस दिनअघि नेपाल-भारत सीमा बजार आदापुरमा पक्राउ परेका तराई मुक्ति मोर्चाका सैन्य कमान्डर सुनिल जैसवालको अवस्था अज्ञात छ । उनी सशस्त्र प्रहरीबाट भागेर तराई मुक्ति मोर्चा बारा, पर्सा, रौतहटका सैन्य कमान्डरको जिम्मेवारी लिँदै भारततर्फ गतिविधि सञ्चालन गर्दै
आएका थिए । प्रहरीका अनुसार सुनिलमाथि हत्यासहित दर्जन मुद्दा छन् ।
उनलाई न भारतीय प्रहरीले सार्वजनिक गरेको छ, न त नेपाल प्रहरीले । अवस्था सार्वजनिक नगरिएपछि उनको परिवारले चिन्ता व्यक्त गरेका छन् । कहिले मानव अधिकार आयोग, कहिले भारत त कहिले नेपाल प्रहरीमा सार्वजनिक गर्न परिवारले अनुरोध गर्दै आएको छ । गम्भीर प्रकृतिका मुद्दाका अभियुक्त सुनिलको अवस्थाबारे प्रहरी प्रशासनले पहल गरिरहेको सुरक्षा स्रोतले जनायो । 'उनको अवस्थाबारे बुझ्ने काम भइरहेको' नारायणी अञ्चल प्रहरी प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।
सुरक्षा स्रोतका अनुसार भारतीय 'मोस्ट वान्टेड' ३० वषर्ीय मिथिलेस भन्न्ो बब्लु दुबेलाई नेपाल प्रहरीले पक्राउ गरी भारतीय प्रहरीको जिम्म्ाा लगाउन सहयोग पुर्याएबापत भारतीय प्रहरीले उनलाई नेपाल प्रहरीको सर्तअनुसार पक्राउ गरेको थियो । 'बब्लु दुबेलाई बुझाउँदा सुनिललाई गिरफ्तार गरिनुपर्छ भन्न्ो हाम्रो सर्तअनुसार नेपाल प्रहरीको सहयोगमा भारतीय प्रहरीले पक्राउ गरेको हो,' एक नेपाली सुरक्षा अधिकारीले भने, 'तर स्वदेश ल्याइएन । उतै छन् ।' मोस्ट वान्टेड दुबेलाई नेपाल प्रहरीले काठमाडौंबाट केही
महिना अघि पक्राउ गरी भारतीय प्रहरीलाई सुटुक्क बुझाएका थिए ।
छोराको कतै अतोपत्तो छैन, कानुनअनुसार कारबाही गरे हुन्छ, तर सार्वजनिक गर्न आग्रह छ,' सुनिलका बुवा रामचन्द्र साहले भने, 'पटनादेखि काठमाडौं चहारेका छौं, पत्तो छैन ।' बन्दीप्रत्यक्षीकरणअनुसार सार्वजनिक गर्न भारतीय अदालतमा मुद्दा दायर गरिएको उनले बताए । चार माओवादीलाई हत्या गरी साढे चार वर्षदेखि फरार रहँदै आएका बारा गन्जभवानीपुर गाविस ३ का ३५ वषर्ीय अग्नि भन्न्ो सुनिललाई भारतीय प्रहरीले नेपाल प्रहरीको सहयोग र सर्तअनुसार पक्राउ गरेको थियो । नेपाल प्रहरीको सर्वाधिक खोजीका सुनिल एक प्रभावशाली भारतीय विधायकको संरक्षणमा 'सेल्टर' लिई पारि लुकिछिपी बस्दै थिए ।
०६६ पुस २२ मा सुनिलसहित मोर्चाका कार्यकर्ताहरूले एकीकृत माओवादीका माओवादी कार्यकर्ता ३५ वषर्ीय रामप्रकाश यादव, उनका भाइ कन्है यादव तथा भान्जा दारा यादव र वडा ९ का २७ वषर्ीय अम्बिका महतो नुनियामाथि आक्रमण गरी अन्धाधुन्ध गोली प्रहार गर्दा चारै जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: २०७० श्रावण २०
No comments:
Post a Comment