Saturday, August 3, 2013
पहिरोको त्रासमा ५८ परिवार
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
लमजुङ, श्रावण २० - भोजेका बासिन्दा २० वर्षदेखि पहिरोको त्रासमा बाँच्न बाध्य छन् । पहिरोले आजित भएपछि उनीहरू ठाउँ-ठाउँमा हारगुहार गर्दै हिँडेका छन् ।
दुई दशकअघि सुरु पहिरो रोकिने छाँट नभएपछि विकट भोजे ४ र ५ वडाका बासिन्दा पुनर्बासको माग गर्दै सदरमुकाममा आएका छन् ।
अघिल्ला वर्षमा झैं यस वर्ष पनि वर्षायाम सुरु हुनासाथ पहिरो जान थालेपछि त्रसित स्थानीय बासिन्दाले जिल्ला प्रशासन र राजनीतिक दलका प्रमुखहरूलाई भेटी पुनर्बास गराउनुपर्ने माग गरे । 'पहिरोले गाँस, बास सबै उडायो, अब बस्न सक्ने स्थिति नभएकाले डेलिगेसन आएका हौं,' पीडित कुशबहादुर गुरुडले भने, 'सरकारले पुनर्बासका लागि विकल्प नदिएसम्म हामी र्फकन्नौं ।' बच्चा काखमा च्यापेर युवा, वृद्धसहित दिनभर हिँडेर बिहीबार सदरमुकाम आएका हुन् । कुनै पनि बेला ठूलो दुर्घटना हुनसक्ने उनीहरूले सुनाए ।
वषर्ांैदेखिको पहिरोले खेतीयोग्य जमिन बगाइसकेको छ । अहिले गाउँसमेत चारैतिरबाट पहिरोले घेरेको छ । खेतबारी जाने र सहर र्झने बाटोसमेत बगाएको छ । यसले खाद्यान्नको अभाव भएको छ । साथै सिँचाइ, कुलो र खानेपानीका पाइपमा समेत क्षति पुगेको छ । ओहोरदोहोर गर्दा प्रत्येक पटक नयाँ बाटो बनाएर हिँड्नुपर्ने बाध्यता छ ।
हुनेखाने सहर झरिसकेका छन् । अहिले भएका ५८ घरमध्ये ८ घरपरिवार महिनादेखि विस्थापित भएका छन् । उनीहरू छिमेकीको घर, आमा समूहको भवन र पाल टाँगेर बस्दै आएका छन् । नजिकै अन्यत्र कतै बसाइँ सरौं भने पनि कुनै आधार नभएको उनीहरूले सुनाए । एक महिनादेखि ११ जनाको परिवारसहित आमा समूहको भवनमा बस्दै आएका ६० वषर्ीय पूर्णबहादुर गुरुङले आँखाभरि आँसु झार्दै भने, 'हामीलाई सरकारले बासको व्यवस्था गर्नुपर्यो ।'
उनी समूह भवनमा सर्न मानेका
थिएनन् । यही साउन ४ गते दिउँसो आँगनबाटै पहिरो गएपछि गाउँलेले
उनीसहित ८ घरलाई समूह भवन र छिमेकीकोमा सारेका थिए ।
१३/१४ वर्ष पुरानो पुस्ता बस्दै आएको गाउँ छाड्न मन मानेको छैन । तर दिनहँु वषर्ासँगै पहिरो गइरहने भएकाले बस्न नसकिने कुशबहादुर बताउँछन् । पहिरो नियन्त्रणका लागि अहिलेसम्म जिविस, जल उत्पन्न प्रकोप केन्द्र, भूसंरक्षणलगायतले २० लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । तर तारबार गरेर कुनै हालतमा रोक्न नसकिने उनी बताउँछन् । पहिरोको गत वर्ष भौतिक तथा सहरी विकास मन्त्रालयका इन्जिनियर मनिकुमार राई नेतृत्वको विज्ञ टोलीले अध्ययनसमेत गरेको थियो । अध्ययनले पहिरोको जोखिम कम हुँदै गएको र डिटेल रिपोर्ट गर्नुपर्ने निष्कर्ष निकालेको थियो । तर उल्टै यस वर्ष ठूलो पहिरो गएको गाउँलेले बताए ।
गत वर्ष पनि गाउँले पुनर्बासको माग गर्दै सदरमुकाम झरेका थिए । तर जिल्लाबाट दबाब नपुगेको भन्दै शनिबार उनीहरू भौतिक मन्त्रालयमा डेलिगेसन जाने तयारीमा छन् । प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले गाउँलेको माग शुक्रबारै केन्द्रमा पठाएको बताए । पहिरोको स्वरूप ठूलो भएकाले स्थानीय तहमा नियन्त्रण गर्न सकिने अवस्था नदेखिएको उनले बताए ।
प्रकाशित मिति: २०७० श्रावण २०
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment