Thursday, September 5, 2013

मन्त्रिपरिषद अध्यक्ष र गृहममन्त्री गृहजिल्लामा

पाल्पा - मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी आज गृह जिल्ला पाल्पा आउँदैछन्। अध्यक्ष नियुक्त भएपछि रेग्मीको यो पहिलो जिल्ला भ्रमण हो। रेग्मीले जिल्लाको पुरानो एवं प्रतिष्ठित जनता उच्चमाविको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ। 

बिहान करिव ९ बजे तानसेन आइपुग्ने कार्यक्रम रहेको पाल्पाका प्रहरी प्रमुख डिएसपि स्थानेश्वर रेग्मीले बताए। रेग्मी पोखराथोक गाविसस्थित आफू जन्मेको पुर्ख्यौली घरमा समेत पुग्ने कार्यक्रम छ। रेग्मीले त्यहाँ आफूले पढाएको स्कुल अवलोकन गर्ने, आफन्त भेटघाट गर्ने कार्यक्रम रहेको स्थानीय झपेन्द्र गहिरेले बताए। गाउँको भेटघाट सकाएपछि उनी तानसेन फर्केर विद्यालयको कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि तानसेन नगरपालिका हलमा जिल्लास्थित राजनीतिक दल, नागरिक समाज एवं व्यवसायी र पत्रकारहरुसँग बेग्लाबेग्लै भेटघाटको कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए।

गृहमन्त्री माधव घिमिरे पनि मन्त्रि भएपछि पहिलो पटक गृह जिल्ला पाल्पा आएका छन्। हिजो बेलुका पाल्पा आएका घिमिरे शुक्रबार मन्त्रिपरिषद् अध्यक्षसँगै राजधानी फर्कने बताइएको छ।

No comments:

Post a Comment