See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौं - कांग्रेस र एमालेले अधिकांश क्षेत्रका सम्भावित प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नामावली केन्द्रमा पठाएका छन्। क्षेत्र हुँदै जिल्लाबाट सोझै वा अञ्चल कमिटीमार्फत नामावली केन्द्रमा सिफारिस भएका हुन्। एकीकृत माओवादीले एकमहिने चुनावी अभियान सञ्चालनमा सिफारिस गरेको नामावली कमै सार्वजनिक गरेको छ। एकीकृत माओवादीले २ सय ४० क्षेत्रको प्रतिवेदनलाई आधार मानी ब्युरो तथा राज्य समितिका केही इन्चार्ज हेरफेर गरेर पुनः २० दिने चुनावी अभियान सुरु गरेको छ।
कांग्रेसले प्रत्यक्षतर्फ तीन र समानुपातिकमा पाँच जनाको नाम सिफारिस गर्न जिल्लालाई निर्देशन दिएको थियो। तर, आकांक्षी धेरै देखिएपछि प्रायः जिल्लाबाट बढी नाम केन्द्रमा सिफारिस भएका छन्। कतिपय क्षेत्रमा विवाद भए पनि केन्द्रले मिलाउने गरी नाम सिफारिस गरिएको छ।
एमालेले अधिकांश क्षेत्रीय कमिटीबाट उम्मेदवार सिफारिस गरेर जिल्लामा पठाएको जानकारी दिएको छ। कतिपय क्षेत्रमा आकांक्षीबीच मतदान प्रक्रियाबाट उम्मेदवार टुंगो लगाएको छ।
एमालेले यसअघि नै बिहीबारसम्म उम्मेदवार छनोट गरेर पठाउन तल्लो कमिटीलाई निर्देशन दिएको थियो। 'अधिकांश स्थानबाट केन्द्रमा सिफारिस आइपुगेको छ,' केन्द्रीय सचिवालय सचिव विष्णु पौडेलले भने, 'दुगर्म जिल्ला तथा र केही जनवर्गीय संगठनबाहेकबाट नाम आएका छन्।'
एमालेले क्षेत्रीय, जिल्ला तथा अञ्चल कमिटीलाई प्रत्यक्षमा प्रत्येक क्षेत्रबाट दुई पुरुष र एक महिला तथा समानुपातिकमा पाँचजनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो। जनवर्गीय संगठनले भने समानुपातिकमा नाम सिफारिस गर्न पाउँछन्। पौडेलले अधिकांश स्थानमा सर्वसम्मत नाम सिफारिस भएको बताए। उनले बिहीबार बस्ने स्थायी कमिटी बैठकअघि नै सबै सिफारिस केन्द्रमा आइपुग्ने आशा व्यक्त गरेका छन्।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार असोज १० गते उम्मेदवार मनोनयन दर्ता गर्नुपर्छ।
सुनसरी–
नेपाली कांग्रेसले प्रत्यक्षमा क्षेत्र नम्बर १ बाट चन्द्रप्रसाद श्रेष्ठ, विनोद राई, सुजेन्द्र तामाङ, किशोर राई, अलिम अन्सरी र सुरेशमान श्रेष्ठलाई सिफारिस गरेको छ। २ बाट हेमकर्ण पौडेल, राजीव ढुंगाना र बद्रिनारायण चौधरीलगायत, ३ बाट कुमारजंग थापा, सत्यनारायण गच्छदार र गोमा पराजुली र ४ बाट रामप्रसाद मेहता, सीताराम मेहता, रामबहादुर बस्नेत र विन्देश्वर यादव सिफारिस भएका छन्। यस्तै ५ बाट सुजाता कोइराला, गफार अन्सरी, अयुब अन्सारी, हरिगोविन्द यादव, नइम मन्सुरी र जमिल अख्तर र ६ बाट डिल्ली कार्की, बाबुराम विष्ट, तेजप्रसाद सुवेदी, दीपेन्द्र केसी, रतन राई र बुद्धि कटुवाल सिफारिस भए।
पाँचथर–
नेपाली कांग्रेसले प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा नरेन्द्रकुमार केरुङ, जय रिजाल र केदारनाथ बाँस्कोटा तथा २ मा भीष्मराज आङ्देम्बे, पूर्णकुमार सेर्मा र तिलविक्रम नेम्वाङलाई सिफारिस गरेकेा छ।
नेकपा एमालेले क्षेत्र नम्बर १ मा गणेश काम्बाङ र २ मा डम्बरसिंह सम्बाहाम्फेलाई सिफारिस गरेको छ।
बर्दिया–
कांग्रेसले प्रत्यक्षमा क्षेत्र नम्बर १ बाट सोदेश विष्ट, भरतबहादुर सापकोटा र भुवनेश्वर थारू, २ बाट सन्जय गौतम, विजयदत्त देवकोटा र महेन्द्र खनाल, ३ बाट विद्याप्रसाद खनाल, तिलक रावल, मालती सोडारी, जग्गाप्रसाद पाण्डे, रामचन्द्र थापा र परशुराम थारू र ४ बाट जन्मजय तिमल्सिना, किशोर राठोर र नाचु थारूलाई सिफारिस गरेको छ।
एमालेले १ बाट वामदेव गौतम, श्याम ढकाल र कौशिल्या शाह, २ बाट पूर्ण शर्मा, भक्तबहादुर बिक र शोभा ज्ञवाली, ३ बाट विष्णु चौधरी, टंक ओली र सीता सिग्देल तथा ४ बाट लौटन थारू, कलमबहादुर शाही र सीता मैया शाहीलाई सिफारिस गरेको छ।
संखुवासभा–
नेपाली कांग्रेसले प्रत्यक्षमा क्षेत्र नम्बर १ बाट तारामान गुरुङ, टंकप्रसाद राई, पासाङ शेर्पा, मुक्तिसिं राई र महेश थपलिया तथा २ बाट थलकुमार लिंखा, दीपक खड्का र शंकर कँडेललाई सिफारिस गरेको छ।
सर्लाही–
नेकपा एमालेले प्रत्यक्षमा क्षेत्र नम्बर १ बाट मनोज देवकोटा, धु्रव गौतम, रामबहादुर खड्का, गोविन्द अधिकारी, रामविनोद महतो, मानबहादुर खड्का र बेची लुंगेली सिफारिस गरेको छ। २ मा रामनरेश राय, सुरेन्द्र लामा, गणेश प्रसाईं, डिल्ली उप्रेती, जमरुद्धिन मन्सुर, केदार मैनाली र रेणुका पौडेल, ३ मा हरि उप्रेती तथा ४ मा राजनारायण साह र ललितादेवी चौधरी सिफारिस भएका छन्। ५ बाट नरेन्द्र यादव, रामएकवाल मण्डल, रामनरेश मण्डल, रामनारायण साह सोनार, रामश्रेष्ठ साह कानु, उपेन्द्र राय र सावित्री पासवान तथा ६ मा रामबाबु राय, फकिरा महतो, सञ्जीव सिंह, लक्ष्मी पासवान र रन्जु ठाकुर सिफारिस भएका छन्।
सिन्धुली–
नेपाली कांग्रेसले प्रत्यक्षमा क्षेत्र नम्बर १ बाट विपीन कोइराला, विनोद गुरुङ र प्रेमचन्द्र दाहाल, २ बाट सभापति मोहन बराल, उज्ज्वल बराल र माणिक ढकाल तथा ३ बाट नरेन्द्रजंग थापा, नवराज श्रेष्ठ (आकाश) र दीपशिखा ढकाललाई सिफारिस गरेको छ।
गोरखा–
राप्रपा नेपालले प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ बाट होमसिंङ बस्नेत, २ बाट विष्णुप्रसाद पोखरेल, शंकर अधिकारी, सन्तबहादुर पन्त क्षेत्री तथा ३ बाट पदमकुमारी पोखरेललाई सिफारिस गरेको छ।
नेपाली कांग्रेसले इच्छापत्र दर्ता गराएका ६४ जनालाई नै केन्द्रमा सिफारिस गरेको छ।
सिन्धुपाल्चोक–
एमालेले प्रत्यक्षमा क्षेत्र नम्बर १ बाट अरुण नेपाल, सुरेश नेपाल, माइली तामाङ, २ बाट सुभाष कर्माचार्य, सोम सापकोटा र झम्क नेपाल तथा र ३ बाट शेरबहादुर तामाङ, हस्त पण्डित र डोल्मा तामाङलाई सिफारिस गरेको छ।
दैलेख–
नेपाली कांग्रेसले प्रत्यक्षमा १ बाट गणेशबहादुर खड्का, नरसिंह मल्ल, कृष्णकुमार बिसी, जगजंग थापा, खेमराज केसी, इन्द्रिरा थापा, किसोर केसी, मणिराम रेग्मी र गणेश उपाध्याय तथा २ बाट दिक्पाल शाही, शिवराज जोशी, बलबहादुर भण्डारी, मधुरविक्रम खनाल, हेमबहादुर शाही, एकेन्द्रबहादुर पन्त, भगवतीप्रसाद उपाध्याय, तिलकप्रसाद रिजाल, प्रेमबहादुर विष्ट र घनश्याम भण्डारीलाई सिफारिस गरेको छ।
पर्वत–
कांग्रेसले प्रत्यक्षमा क्षेत्र नम्बर १ र २ बाट सात–सात जनालाई सिफारिस गरेको छ। समानुपातिकमा दुवै क्षेत्रबाट १७ जना सिफारिस भएका छन्। मुस्ताङ
संविधान सभा निर्वाचनको लागि नेपाली कांग्रेस मुस्ताङले प्रत्यक्षतर्फ १३ जनाको नाम सिफारिस गरेको छ। उमेद्वारहरुमा सुवर्ण कुमार विष्ट, रोमी गौचन थकाली, पवन तुलाचन, पेमाछिरिङ गुरुङ , लोकचन छोन्पे विष्ट, महेन्द्र बहादुर थकाली, नुरुप गुरुङ, शान्ति कुमारी शेरचन, मोहन कुमारी शेरचन, नविन कुमार गुरुङ सुसिलमान शेरचन, गणेश शेरचन, सुरेश किसान रहेका छन्।
अछाम–
नेपाली कांग्रेसले प्रत्यक्षमा क्षेत्र नम्बर १ बाट मेघराज खड्का, टीकाराम खनाल, ध्वजबहादुर कुँवर, बलबहादुर कुँवर, टेकबहादुर कुँवर, टक्कर कडायत र राधिका भुजेल तथा २ बाट देवराज देवकोटा, गणेश विष्ट, पुष्प शाह, मानबहादुर रावल, बलबहादुर कुँवर, रामबहादुर शाही (बारला) लाई सिफारिस गरेको छ।
कांग्रेसले प्रत्यक्षतर्फ तीन र समानुपातिकमा पाँच जनाको नाम सिफारिस गर्न जिल्लालाई निर्देशन दिएको थियो। तर, आकांक्षी धेरै देखिएपछि प्रायः जिल्लाबाट बढी नाम केन्द्रमा सिफारिस भएका छन्। कतिपय क्षेत्रमा विवाद भए पनि केन्द्रले मिलाउने गरी नाम सिफारिस गरिएको छ।
एमालेले अधिकांश क्षेत्रीय कमिटीबाट उम्मेदवार सिफारिस गरेर जिल्लामा पठाएको जानकारी दिएको छ। कतिपय क्षेत्रमा आकांक्षीबीच मतदान प्रक्रियाबाट उम्मेदवार टुंगो लगाएको छ।
एमालेले यसअघि नै बिहीबारसम्म उम्मेदवार छनोट गरेर पठाउन तल्लो कमिटीलाई निर्देशन दिएको थियो। 'अधिकांश स्थानबाट केन्द्रमा सिफारिस आइपुगेको छ,' केन्द्रीय सचिवालय सचिव विष्णु पौडेलले भने, 'दुगर्म जिल्ला तथा र केही जनवर्गीय संगठनबाहेकबाट नाम आएका छन्।'
एमालेले क्षेत्रीय, जिल्ला तथा अञ्चल कमिटीलाई प्रत्यक्षमा प्रत्येक क्षेत्रबाट दुई पुरुष र एक महिला तथा समानुपातिकमा पाँचजनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो। जनवर्गीय संगठनले भने समानुपातिकमा नाम सिफारिस गर्न पाउँछन्। पौडेलले अधिकांश स्थानमा सर्वसम्मत नाम सिफारिस भएको बताए। उनले बिहीबार बस्ने स्थायी कमिटी बैठकअघि नै सबै सिफारिस केन्द्रमा आइपुग्ने आशा व्यक्त गरेका छन्।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार असोज १० गते उम्मेदवार मनोनयन दर्ता गर्नुपर्छ।
मनाङ–
नेपाली कांग्रेसले प्रत्यक्षमा टेकबहादुर गुरुङलाई सिफारिस गरेको छ।
लुम्बिनी–
एमालेले लुम्बिनी अञ्चलका २५ निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ। २६ निर्वाचन क्षेत्रमध्ये रुपन्देही–२ मा भने विवादका कारण उम्मेदवार सिफारिस बाँकी छ।
प्रत्यक्षतर्फ रुपन्देहीमा क्षेत्र नम्बर १ बाट छविलाल विश्वकर्मा, घनश्याम भुसाल, खिमलाल भट्टराई र शारदा भट्टराई सिफारिसमा परेका छन्। ३ बाट लीला गिरी, घनश्याम भुसाल र शान्ति पाण्डे, ४ बाट पार्टी सचिव विष्णु पौडेलसँगै भोजप्रसाद श्रेेष्ठ र विमला पन्थी, ५ बाट रामनाथ ढकाल, भूमिलाल सापकोटा र नजरकुमारी श्रेष्ठ, ६ मा बाबुलाल यादव, साधुशरण साहनी र रीता प्रजापति र ७ मा श्रीराम यादव, रामचन्द्र यादव र शान्ति लोध सिफारिस भएका छन्।
पाल्पामा क्षेत्र नम्बर १ बाट राधाकृष्ण क“डेल, नारायण आचार्य, राजेन्द्रलक्ष्मी गैरे, देवीलाल लामिछाने र युवराज खनाल सिफारिस भएका छन्। २ मा सोमप्रसाद पाण्डे, ठाकुर गैरे र दयाराज वस्याल, ३ मा कुलप्रसाद नेपाल, यादवबहादुर रायमाझी, नारायण जिसी, धनेन्द्र घिमिरे, ओमबहादुर घर्ती र दुर्गा खनाल सिफारिस भए।
नवलपरासीमा क्षेत्र नम्बर १ बाट विनोद चौधरी, कृष्ण घिमिरे, दीपक अधिकारी र पार्वती तिवारी सिफारिसमा परेका छन्। २ मा तिलक महत, कृष्ण पौडेल, डा. गोपाल खनाल, जीवन श्रेष्ठ, वृन्दा गैरेलगायत, ३ मा तिलक महत, कृष्ण पौडेल, विनोद चौधरी, सरिता खनाललगायत सिफारिसमा परे। ४ मा वैजनाथ चौधरी, तिलक महत, थान प्रसाद गैरे, विमला अर्याल र घनश्याम कोइराला, ५ मा दीपेन्द्रकुमार अधिकारी र ६ मा राम लखन हरिजन तथा दूधनाथ गुप्ता सिफारिस भएका छन्।
कपिलवस्तुमा कपिलवस्तु–१ बाट विष्णु पन्थी, बलराम अधिकारी, विश्रामप्रसाद थारू र सुशीला दर्लामी, २ मा अजिजुर रहमान शेष, राधेश्याम चौधरी, चेतना अधिकारी, ३ मा बाबुराम खनाल, हरम सरिफ खान, महरुन निशा, ४ मा नेत्रराज अधिकारी, रामविलास यादव र कमला भुसाल सिफारिस भएका छन्। ५ मा लंकबहादुर हमाल, सफर अलि मिया र शान्ता सेन सिफारिस भए।
अर्घाखाँचीमा १ बाट नरेन्द्र क्षेत्री सर्वसम्मत सिफारिस भए भने २ मा पिताम्बर भुसाल, डा. दुमन थापा र ईश्वरा पोखरेल सिफारिस भएका छन्।
गुल्मीमा क्षेत्र नम्बर १ बाट रामनाथ ढकाल सर्वसम्मत सिफारिस भएका छन्। २ मा प्रदीपकुमार ज्ञवाली, कमलराज श्रेष्ठ, नर्मदा भण्डारीको नाम सिफारिश भएको छ। त्यसैगरी क्षेत्र नम्वर ३ मा गोर्कण विष्ट, टोमलाल पाण्डे र ललिता गौतमको नाम सिफारिश भएको छ।
धादिङ–
एमाले क्षेत्रीय समितिले क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ धनबहादुर घले, डा. रामकुमार अधिकारी र शम्भु थापालाई सिफारिस गरेको छ।
नेपाली कांग्रेसले २ बाट प्रत्यक्षतर्फ रामनाथ अधिकारी, भीम ढुंगाना, रमेश धमला, नन्दप्रसाद रिजाल, डा. राजाराम कार्की, शिवराज अधिकारी, बद्री अर्याल, रामकृष्ण अधिकारी, गेहेन्द्र मल्ललाई सिफारिस गरेको छ।
मोरङ–
मोरङमा नेकपा एमाले क्षेत्रीय समितिले १ बाट प्रत्यक्षमा डिबी कार्की, ऋषि पोखरेल र चन्द्रकला भण्डारी तथा २ बाट चण्डी राई, रामुकमार बस्नेत, ननकला ओझालाई सिफारिस गरेको छ। ३ बाट ज्ञानेद्र सुवेदी र डिपी राई, ४ बाट ज्ञानेश्वर राजवंशी, नारायण खतिवडा र किरणदेवी चौधरी र ५ बाट रामलाल साह, देवेन्द्र यादव, शम्भु साह सिफारिस भए।
६ बाट महेश भट्टराई, मुक्ति राजवंशी र बाबुराम कार्की सिफारिसमा परेका छन्। ७ बाट घनेन्द्र बस्नेत, यशोधा अधिकारी र राजन केसी सिफारिस भएका छन्। ८ बाट चन्द्र गुरुङ र अजम्बर राई सिफारिसमा परे। क्षेत्र नम्बर ९ बाट भने सिफारिस हुन बाँकी छ।
रामेछाप–
नेपाली कांग्रेसले प्रत्यक्षमा क्षेत्र नं १ बाट आङटावा शेर्पा, कृष्णबहादुर महत, केदार खड्का, गजेन्द्र कार्की, चन्द्रबहादुर सुनुवार, पूर्णबहादुर तमाङ(कान्छाराम), विमल वाग्ले, युवराज भट्टराई, रत्नबहादुर कार्की, लक्ष्मणप्रसाद घिमिरे र डा. सुमन कर्माचार्यलाई सिफारिस गरेको छ। २ बाट अर्जुनकुमार केसी, केशवप्रसाद चालिसे, गौतम लामा, डिकबहादुर तमाङ, ताराराम श्रेष्ठ, नारायणबहादुर खड्का, निराजन लामा, वीरबहादुर तमाङ, भक्तबहादुर खड्का, भरत चौलागाई, मीना कार्की, मेघबहादुर खत्री, रामचन्द्र खड्का, रामहरि ढुंगेल, शिवबहादुर खड्का र शिवराज बुढाथोकी सिफारिस भएका छन्।
ओखलढुंगा–
कांग्रेसले प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा प्रदीपकुमार सुनुवार, बद्रीनाथ दाहाल, बालकृष्ण दाहाल, मित्रसेन दाहाल, महेशकुमार कोरमुचा, डिल्लीराम खनाल, टेकराज भट्टराई, गोमा केसीलाई सिफारिस गरेको छ।
No comments:
Post a Comment