
मुम्बई- वीना मलिक आफ्नो बोल्डनेसका कारण सधैँ चर्चामा हुन्छिन्। उनी के बोल्छिन् र के गर्छिन् भन्ने ठम्याउन मुस्किल पर्छ। अहिले वीना आफ्ना पूर्व प्रेमीका साथ फिल्मका काम गर्ने खबरले चर्चित छिन् । बोलचाल नै बन्द भएको आफ्नो पूर्वप्रेमी अश्मित पटेलसँग फिल्म खेल्न हस्ताक्षर गरेपछि वीनाको चर्चा एकाएक चुलिएको हो। उनले उक्त फिल्ममा बोल्डसीन दिने अमरउजालाको अनलाइन संस्करणले उल्लेख गरेको छ।
कुनै समय वीना मलिक र अश्मित पटेलको प्रेमको चर्चा निकै छाएको थियो बलिउडमा। उनीहरुका धेरै नीजि मामला अखबारका खुराक बनेका थिए। जब वीनाको अश्मितसँग मनमुटाव भयो तब उनले आफ्नो प्रेमीलाई नचिनेको बताउन थालिन्। उनले भनिन्, 'को अश्मित पटेल? म उसलाई चिन्दिनँ।' तर अहिले भने मलिक उनको साथमा काम गर्न सहमत भएकी छन्। उनले आउने फिल्म सुपरमोडलमा पटेलको साथ काम गर्न साइन गरेकी हुन्। यो फिल्ममा उनले आफ्ना पुराना प्रेमीका साथ बोल्ड सीन दिने छिन्। वीनाले फिल्मा हट किसदेखि नग्न दृश्य सम्म दिएकी छन्। बलिउडमा अश्मित र वीनाको टुटेको प्रेम पुन जोडिन लागेको चर्चा चल्न थालेको छ। जे होस् यो फिल्मले यी दुइ पूर्व प्रेमीहरुलाई एक ठाउँ ल्याइदिएको छ।
No comments:
Post a Comment