See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौं,
श्रावण ३१ -
उच्चस्तरीय राजनीतिक समिति र उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक
मोर्चाबीच सात बुँदे सहमति भएको छ । सहमतिपछि मोर्चा पनि चुनावमा आउने
प्रतिबद्धता जनाएको छ ।
बिहीबार राति अबेरसम्म भएको वार्तापछि समिति र मोर्चाबीच सहमति भएको
कांग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिए । उनका अनुसार सहमतिमा
समानुपातिक प्रतिशत बढाएर ५८ प्रतिशत पुर्याउने उल्लेख छ ।
केसीका अनुसार आगामी संविधानसभालाई ५ सय ८१ सदस्यीय बनाउने सहमति भएको छ ।
तीमध्ये २ सय ४० प्रत्यक्ष, ३ सय ३५ समानुपातिक र मनोनीत १० जना रहनेछन् ।
यसैगरी उच्चस्तरीय राजनीतिक समितिलाई विस्तार गरि उपेन्द्र यादवलाई पनि
सहभागी गराउने सहमति भएको छ । निर्वाचन कार्यतालिका प्रभावित नपार्नेगरि
फोटोसहितको मतदाता नामावली संकलन अवधि थप्ने पनि सहमति भएको केसीले जानकारी
दिए ।
प्रकाशित मिति: २०७० श्रावण ३१

No comments:
Post a Comment