-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
गायिका जेनिफर लोपेजको जीवनीमा आधारित वृत्तचित्र 'जेनिफर लोपेजः हर लाइफ
हर जर्नी' तयार भएको छ। टेलिश्रृंखलाका रूपमा प्रसारण हुने यो वृत्तचित्रले
यी लोकप्रिय गायिकाका अतीतका प्रेम सम्बन्धका बारेमा समेत खुलासा गर्ने
बताइन्छ। 'डान्स अगेन' गीतकी यी गायिकाले कार्यक्रममा आफ्ना पछिल्ला तीन
असफल विवाहका बारेमा मात्र जानकारी दिनेछैनन्, बेन एफ्लेक तथा पी
डिड्डीसहित उनका प्रसिद्ध प्रेमीहरूका बारेमा समेत बताउनेछिन्। ४३ वर्षीया
लोपेजको वृत्तचित्र हेरेपछि उनलाई अझ नजिकबाट चिन्न सकिनेछ। वृत्तचित्र
प्रसारण गर्ने टेलिभिजनको भने टुंगो लागिसकेको छैन।
No comments:
Post a Comment