Thursday, August 22, 2013

संविधानसभाका सबै काम पुस्तकमा

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


काठमाडौं, भाद्र ७ - संसद सचिवालयले विघठित संविधानसभाले चार वर्षे कार्यकामा गरेका सम्पूर्ण कामको विवरण समेटेर 'संविधानसभा दर्पण' पुस्तक प्रकाशित गरेको छ ।
सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार शुक्रबार अपरान्ह नयाँ बानेश्वर स्थित संविधानसभा भवनमा तत्कालिन सभाध्यक्ष सुवास नेम्वाङ्गले सार्वजनिक गर्नेछन् । उक्त कार्यक्रममा उपस्थितिका लागि तत्कालिन सभासद्, विज्ञ, सञ्चारकर्मी, नागरिक समाजका अगुवा र दातृनिकायका प्रमुखहरुलाई आमन्त्रण गरिएको उनले बताए ।
संविधानसभा सचिवालयका रुपमा समेत काम गरको संसद सचिवालले महासचिव मनोहर प्रसाद भट्टराईको संयोकजत्वमा गठित प्रकाशन समितिले झण्डै एक वर्ष लगाएर पुस्तक तयार परेको हो । प्रकाशन समितिमा सचिव ठाकुर प्रसाद बराल, प्रवक्ता शर्मा, तत्कालिन सहसचिव लव प्रसाद शर्मा र कानुन मन्त्रालयका सहसचिव टेकप्रसाद ढुङ्गाना सदस्य थिए ।
नौ भाग र ५३९ पृष्टको दर्पणमा संविधान निर्माणका लागि संविधानसभाले गरेका प्रयास, विषयगत समितिका अवधारणापत्रको शारंश, अन्तरवस्तुमा रहेका असहमति र भएका सहमतिको यथार्थ विवरण संग्रहित छ ।
'संविधानसभा सम्बन्धि जानकारी एकिकृत र आधिकारिकरुपमा सुरक्षित राख्न पुस्तक तयार गरिएको हो,' प्रवक्ता शर्माले भने- 'पुस्तकमा समेट्न नसकिएका समेत सबै विषयलाई राष्ट्रिय अभिलेखालयमा सुरक्षित राख्ने प्रयास पनि गरिरहेका छौ ।' संविधानसभालाई जनताले दिएका झण्डै पाँच लाख सुझाव समेत भविश्यका लागि अभिलेखालयमा सुरक्षित राख्ने कामका लागि अर्थमन्त्रालयसँग माग गरिएको रकम प्राप्त हुन बाँकी रहेकाले उक्त काम अघि नबढेको उनले बताए ।

प्रकाशित मिति: २०७० भाद्र ७

No comments:

Post a Comment