काठमाडौ, श्रावण -
युवतीहरू यौनसम्पर्क राख्न चाहन्छन् कि चाहँदैनन् ? यदि चाहन्छन् भने कतिले केटाबाट यौनसम्पर्क चाहन्छन् ? – सी.
यौनसम्पर्क राख्ने चाहना
प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनसम्पर्क राख्ने चाहना अर्थात्
यौनेच्छा हुन्छ। भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो मानव
जीवनका लागि। यौनेच्छा वा यौन व्यग्रता एक मानसिक तथा भावनात्मक जैविक
व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो। यो प्राकृतिक शक्ति वा
व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्छ। यौनेच्छाको सञ्चालनमा
विभिन्न प्रणाली सक्रिय देखिन्छन्। भ्लमयअचष्लभ क्थकतझ -इन्डोक्राइन
सिस्टम) अन्तर्गतका रागरसहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् भने इन्दि्रय
प्रणालीसहित स्नायुप्रणाली पनि सक्रिय हुन्छन्।
रागरस (हार्मोन) का प्रभाव
यौनेच्छा जाग्ने -विकसित हुने) वा सोको व्यग्रतामा रागरस अर्थात्
हार्मोनको महत्त्वपूर्ण भूमिका हुन्छ। टेस्टेस्टेरोन नामको हार्मोनले
यौनेच्छा वा यौन व्यग्रतालाई प्रभाव पारेको हुन्छ। महिलामा पनि यो
हार्मोनको कारणले नै यौन व्यग्रता जागेको हुन्छ। टेस्टस्टेरोनको कमी भएको
अवस्थामा यौनेच्छा वा यौन व्यग्रता हुँदैन।
इन्दि्रयहरूका कुरा
अन्य शरीरक्रियाका लागि जस्तै यौन क्रियाका लागि पनि हाम्रा इन्दि्रयहरूले
महत्त्वपूर्ण भूमिका खेल्छन्। यौन उत्तेजनाका लागि हाम्रा इन्दि्रयहरू
नभैनहुने कुरा हो। हाम्रो शरीरलेे कसरी आनन्द पाउँछ भन्ने कुरा नै
ऐन्दि्रकता हो। यो हाम्रो शरीरको पाँच इन्दि्रयहरू दृष्टि, स्पर्श, ध्वनि,
गन्ध र स्वादसँग सम्बन्धित कुरा हो।
स्पर्श ः शरीरको कतिपय यौन संवेदनशील अङ्ग वा क्षेत्र स्पर्श गर्दा यौन
आनन्द प्राप्त हुन्छ र यस आनन्दलाई प्राप्त गर्न व्यक्ति जहिले पनि लालायित
हुन्छ। गहिरिएर विचार गर्ने हो भने यौनसम्पर्क एक विशेष स्पर्श नै हो।
यहाँ एक यौनाङ्गले अर्को यौनाङ्गको स्पर्श गरिरहेको हुन्छ।
दृष्टि ः यौनेच्छामा यसको निकै ठूलो महत्त्व छ। स्पर्शपछि सायद सबैभन्दा
ठूलो स्थान यसैको छ। महिला र पुरुषमा केही फरक हुने भए पनि दुवै यौन
उत्तेजक दृश्यबाट यौन उत्तेजित हुन्छन्।
गन्ध ः गन्धको पनि मानव यौनजीवनमा निकै महत्व हुन्छ। सुगन्ध र अत्तरको
प्रयोग गर्नुको पछाडि मुख्य ध्येय चेतन वा अनेचत स्थितीमा यौन रहेको
पाइन्छ।
स्वाद ः स्वादको प्रत्यक्ष सम्बन्ध र महत्त्व भने केही कम रहेको भेटिन्छ
वा त्यस्तो ठानिन्छ, तर मुखमैथुनमा संलग्न हुनेका लागि यो निकै महत्वपूर्ण
सावित हुनसक्छ। चुम्बन एक हदसम्म स्वादसँग सम्बन्धित हुन्छ। खानेकुरा वा
व्यञ्जनको यौनसँग सम्बन्ध रहेको पाइन्छ। भोजन वा मद्यपान यौन प्रलोभनमा
प्रयोग हुने गरेको पाइन्छ। आहार र पोषणको स्वस्थ शरीर र त्यसको यौनसँग
सम्बन्ध हुने नै भयो। डेटिङ वा पे्रमचर्यामा जहिले पनि भोजनको व्यवस्थ्ाा
हुन, संयोगमात्र नहुन सक्छ, तर आफैं अनुसन्धानको विषय हुनसक्छ। यसबारे थप
गहन अध्ययन बाँकी नै छ।
ध्वनि ः आवाज वा ध्वनिले पनि निकै महत्त्वपूर्ण भूमिका खेल्छ यौन जीवनमा।
प्रत्यक्ष प्रेमालाप होस् वा अपरोक्ष त्यसलाई सञ्चार गर्न ध्वनिले भूमिका
खेल्छ। गीत-संगीतकै कुरा यहाँ आउँछ। प्रेमालाप, भावना व्यक्त गर्नेजस्ता
कुरादेखि लिएर यौनसम्पर्क र त्यसबेलाको सन्तुष्टिको आवाज आफंैमा मदहोश
पार्ने अनि यौन उत्तेजक हुन्छ।
मस्तिष्कको भूमिका
हामीले यौन सम्पर्कलाई 'शारीरिक सम्बन्ध' भने पनि यसको मानसिक पाटो एकदमै
महत्वपूर्ण हुन्छ। यौन उत्तेजनाको स्रोत जे-सुकै भए पनि अन्तिम रूपमा
त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ।
वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने, यौन उत्तेजनालाई 'स्नायु प्रणाली तथा
यौनाङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो' भनेर परिभाषित गर्न
सकिन्छ। हामीलाई थाहै छ, यौनसम्बन्धी हाम्रा भावना मस्तिष्कबाट सुरु
हुन्छन्। यसरी सोच्ने हो भने मस्तिष्क नै सबैभन्दा महत्त्वपूर्ण यौन अङ्ग
हो। वास्तवमा गहिरिएर हेर्ने हो भने यौनसम्बन्धी सबैजसो सन्देशलाई सञ्चालन
गर्ने अङ्ग नै मस्तिष्क हो। यौन परिकल्पना, भावना तथा सोचाइहरू विशेष गरेर
मस्तिष्कबाटै प्रस्फुटन हुन्छन्। यौनअङ्ग, स्तन वा छालाजस्ता विभिन्न
स्रोतबाट प्राप्त उत्तेजनाहरू मस्तिष्कमा नै एकीकृत हुने तथा बुझिने गरिन्छ
र यसको अभावमा मानव यौन प्रतिक्रिया चक्र नै पूरा हुँदैन।
– डा. राजेन्द्र भद्र
प्रकाशित मिति: २०७० श्रावण
- See more at: https://www.facebook.com/nepalinewss
-popular video:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:
Post a Comment