Tuesday, July 23, 2013

मुख्य समाचार » नेपालसहित एमाले टोली आज दिल्ली जाँदै सत्तारूढ र विपक्षी दलका नेतासँग छलफल गर्ने -

काठमाडौ, श्रावण ९ - भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्रणामा पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधव नेपाल सहितको टोली बुधबार दिल्ली जाँदैछ । नेपालसँगै महासचिव ईश्वर पोखरेल र विदेश विभाग सदस्य राजन भट्टराई जाने एमालेले जनाएको छ  ।
भारतले नेपालका प्रमुख दलका सबै नेताहरूसँग संवाद बढाउने नीतिअनुसार नेपाललाई पनि बोलाएको हो । यसअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले भारत भ्रमण गरेका थिए । एमाले सचिव विष्णु पौडेलका अनुसार पाँचदिने भ्रमणका क्रममा टोलीले भारतीय प्रधानमन्त्री सिंहका साथै प्रमुख विपक्षी दलका नेता, प्रमुख दलका शीर्ष नेतालगायतसँग छलफल गर्नेछ । सत्तारूढ कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीसँग भेट हुने/नहुने टुंगो छैन । कांग्रेस नेता देउवाले गान्धीसँग भेटेका थिए ।
भेटमा द्विपक्षीय हितका सन्दर्भमा छलफल हुने एमालेले जनाएको छ । भ्रमणका क्रममा त्यहाँ रहेका नेपाली समुदायसँग भेटघाट र संसारकै सबैभन्दा पुरानो बिहारको नालन्द विश्वविद्यालयसमेत अवलोकन गर्ने कार्यक्रम छ । टोली आइतबार स्वेदश फर्किने छ ।
भारत भ्रमणअघि मंगलबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति रामवरण यादवसँग भेटेर भ्रमण र त्यहाँ हुने भेटघाटबारे जानकारी गराए । नेपाललाई राष्ट्रपतिले असन्तुष्ट दलहरूलाई चुनावमा समेट्न थप प्रयास गर्न आग्रह गरेका थिए । निर्वाचन आचारसंहिता लागू भइसक्दा पनि असन्तुष्ट दलहरूलाई समेट्ने प्रयासले पूर्णता नपाएको भन्दै राष्ट्रपतिले गम्भीर हुन आग्रह गरेका थिए ।

प्रकाशित मिति: २०७० श्रावण ९
- See more at:https://www.facebook.com/nepalinewss
-popular VIDEO: http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:

Post a Comment