See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौ,
श्रावण १७ -
पशु सेवा विभागले राजधानीको तीनवटै जिल्ला पशु सेवा कार्यालयलाई सात
दिनसम्म जीवित पन्छीको ओसारपसारमा प्रतिबन्ध लगाउन सिफारिस गरेको छ ।
'हामीले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका पशु सेवा कार्यालयलाई पशु
सेवा ऐन २०५५ को दफा १५ लागू गर्न सिफारिस गरेका छौं,' पशु स्वास्थ्य
निर्देशनालयका कार्यक्रम निर्देशक डा. विजयकान्त झाले भने, 'कानुनअनुरूप
संक्रामक रोग लाग्दा पशु/पन्छीको ओसारपसारमा प्रतिबन्ध लगाउन सकिन्छ ।'
सात दिनसम्म भाइरस एक ठाउँबाट अर्को ठाउँमा फैलिन नपाउँदा रोग नियन्त्रणमा
आउने अपेक्षा गरिएको उनले बताए । बर्डफ्लुको ओथार अवधि सातदेखि २१
दिनसम्मको हुन्छ ।
हालसम्म सरकारले आफंै मरेकाबाहेक करिब २५ हजार संक्रमित कुखुरालाई नष्ट
गरेको उनले जनाए । निगरानीका लागि स्थानीय पशु सेवा कार्यालयलाई थप जनशक्ति
उपलब्ध गराउने निर्णय भएको पनि उनले बताए ।
बर्डफ्लुसम्बन्धी कामकारबाहीको अनुगमन गर्न पशु सेवा विभागका
उपमहानिर्देशक डा. रामकृष्ण खतिवडाको नेतृत्वमा व्यवसायी प्राविधिक समेतको
सहभागितामा उच्चस्तरीय अनुगमन टोली गठन गरिएको उनले जनाए । विशेषज्ञहरूले
राजधानीमा यो वर्ष देखिएको बर्डफ्लु एच५एन१को प्रजाति -क्लेड) परिवर्तन
भएको अनुमान गरेका छन् । प्रजाति परिवर्तन भए/नभएको यकिन गर्न नमुना
परीक्षणका लागि बेलायत पठाइएको छ । यसअघि मुलुकमा बर्डफ्लु जाडो याममा
मात्र देखिने गरेकामा यसपटक गर्मीमा समेत देखिएको छ ।
प्रकाशित मिति: २०७० श्रावण १७
No comments:
Post a Comment