-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
चितवन,
श्रावण १७ -
कार्यकर्ता रिहाईको माग गर्दै वाइसीएलले विहिवार चितवन जिल्ला बन्दको
आह्वान गरेको छ । बन्दले विहानैबाट जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
बजार पसल खुल्न सकेका छैनन भने शिक्षण संस्था ठप्प छन् । लामा तथा छोटा
दुरीका यातायातका साधन चल्न सकेका छैनन । त्यस्तै सडकमा बसेर प्रर्दशन
गरीरहेका वाईसिएल कार्यकर्ताले एम्बुलेन्स तोडफोड गरेका छन् । विरामीको
सट्टा यात्रु बोकेको भन्दै भरतपुर १० स्थित हाकिमचोकमा ना २ च ४४८८ नम्बरको
एम्बुलेन्स तोडफोड गरेका हुन् । एम्बुलेन्सको अगाडी भागको सिसा फुटेको छ ।
सडकमा नेपाल प्रहरी र जनपथ प्रहरी ब्यापक रुपमा परिचालन गरिएको छ । मंगलवार वडा प्रहरी कार्यालय नारायणगढले जबरजस्ती चन्दा उठाएको अभियोगमा वाईसीएलका ६ जना कार्यकर्तालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा उत्तम गुरुङ, मधुराज न्यौपाने, भरत मगर, मनोजकुमार शेर्पा, रवि पराजुली र विशाल मरहठ्ठा छन् । उनीहरुमध्ये २ जनालाई सार्वजनिक र ४ जनालाई चन्दा ऐन अनुसार मुद्धा दर्ता गरी प्रहरीले अनुसन्धान थालेको छ ।
कार्यकर्ता नछाडे सम्म बन्द फिर्ता नलिने वाइसीएलले जनाएको छ । कार्यकर्ता रिहाईको माग गर्दै दर्जनौंको संख्यामा वडा प्रहरी कार्यालय नारायणगढ पुगेका कार्यकर्ताले प्रहरी माथि मंगलवार आक्रमण समेत गरेका थिए । आक्रमणबाट प्रहरी जवान मनोजकुमार चौहानलाई आँखीभौमा गम्भीर चोट लागेको र प्रहरी सहायक निरीक्षक हेमन्तकुमार सिंहलाई सामान्य घाईते भएका थिए ।
प्रकाशित मिति: २०७० श्रावण १७
- See more at: http://ekantipur.com/np/2070/4/17/full-story/373203.html#sthash.0w1kTejf.dpuf
No comments:
Post a Comment