Friday, July 26, 2013

» मुख्य समाचार » आगो लाएर जेल, छुटेपछि मेल


भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्-http://www.youtube.com/watch?v=xmpNPgUvoxY



परस्पुर (बाँके), श्रावण १२ - दाइजो नल्याएको निहुँमा ६ वर्षअघि हास्रुन इदि्रसीमाथि आगो लगाइयो । घाँटी, छाती र हातमा अझै जलेका दाग छन् ।
बाँके जिल्ला अदालतले पति बसिम इदि्रसी र सासू रुक्सनालाई दोषी ठहर गरी क्रमशः सात र पाँच वर्ष जेल सजायको फैसला गर्‍यो । तर, जेलमा राम्रो व्यवहार देखाएको भन्दै बसिमको आधा कैद मिनाह भयो र साढे तीन वर्षमै छुटे । बसिम हास्रुन र छोराछोरीलाई लिन ससुराली गए र गल्ती स्वीकारे । अहिले सँगै बस्दै आएका छन् ।
'सजाय पाइसकेपछि पनि उनी मलाई लिन आए' २५ वषर्ीया हास्रुनले भनिन्, 'मैले पनि नकार्न सकिनँ, हाँसीखुसी सँगै बसेका छौं ।'   
मुद्दाका मामिला परेपछि धेरैको घरबार भताभुंग हुन्छ । तर, बसिमले विगतप्रति पश्चाताप गरेर हास्रुन र छोराछोरी सम्हाले । अब पुरानो कुरा ननिकाल्ने उनीहरूले समझदारी गरेका छन् । अदालतले ०६५ माघ ६ मा  मुद्दामा सुनुवाइ गर्दै जेल सजाय तोकेको थियो ।
सासू र पति जेल गएपछि हास्रुन छोराछोरी लिएर परस्पुरस्थित माइतीघ बस्न थालिन् । सिलाइ- कटाइ सिकिन् । हिंसाको सिकार भएकीले सुरुमा चारैतिरबाट सहयोग पाइन् । घाँटीको प्लास्टर सर्जरी गराइन् । चिकित्सकले अझै अप्रेसन गर्नुपर्ने बताए पनि आर्थिक अभावले गरेकी छैनन् । विस्तारै सबैले बेवास्ता गर्न थाले । छोराछोरी हुर्काउन र पढाउन मुस्किल हुन थाल्यो ।
त्यस्तैमा जेलबाट छुटेका बसिमले रिसइबी साँध्नुको सट्टा पश्चाताप गरेर पत्नी र छोराछोरी खोज्दै ससुराली पुगेपछि हास्रुनको मन पनि पग्लियो । कैद सजाय काटेर आएपछि पनि समाजले आफूलाई अपराधीकै व्यवहार गरिरहँदा दुःख लाग्ने बसिमले बताए ।
प्रकाशित मिति: २०७० श्रावण १२
- See more at: https://www.facebook.com/nepalinewss

No comments:

Post a Comment