भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौं, श्रावण १२ - अधिवक्ताको काम सत्यको खोज गर्नु हो । तर अधिवक्तामाथि पनि वरिष्ठ भइसकेकाबाटै कीर्ते भयो भने त्यसलाई के भन्ने ? १ वरिष्ठलाई सर्वोच्च अदालतले किर्तेमा दोषी ठहर गर्दै पुनरावेदनको फैसला सदर गरिदिएपछि न्यायिक वृत्तमा अहिले यही प्रश्न उठिरहेको छ ।
न्यायाधिशद्वय सुशीला कार्की र प्रकाश वस्तीको संयुक्त इजलासले हालै सार्वजनिक गरेको फैसलाको पूर्णपाठ अनुसार वरिष्ठ अधिवक्ता विष्णुप्रसाद भट्टराईले कीर्ते गरेका हुन् । भट्टराईलाई ५ वर्षअघि नै पुनरावेदन अदालत पाटनले उक्त मुद्दामा दोषी ठहर गरिसकेको थियो । सर्वाेच्चले त्यसलाई सदर गर्दै भट्टराईले मरिसकेको व्यक्तिका नाममा तमसुक खडा गरेर उनका परिवारसूग पैसा माग्ने जाल रचेको फैसला गरेको हो ।
भट्टराईले आफ्ना ग्राहक रविचन्द्र बस्नेतले १ असार ०६० मा २ लाख २४ हजार रुपैयाू लिएको कागज बनाएका थिए । उक्त कागज आफ्नी पत्नीका नाममा उनले बनाएका थिए । बस्नेतको मृत्युपछि उनका परिवारलाई कागज देखाएर रकम फिर्ता गर्न भट्टराईले भनेका थिए ।
बस्नेतकी पत्नीले उक्त कागज पूर्णतः झूठो भन्दै आफ्ना पतिलाई पैसाको खाूचो कहिल्यै नपरेको जिकिर गरेकी थिइन् । ऋण लिएकै भएपनि घरमा थाहा हुने भएकाले पतिको मृत्युपछि अचानक भट्टराईले देखाएको कागज फर्जी भएको बताए पनि विष्णुले भने उल्टै उनीहरूविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।
बस्नेतले ब्यवसाय सञ्चालन र घरखर्च गर्न भनेर आफ्नी पत्नीसूग ऋण लिएको भट्टराईको जिकिर थियो । उक्त रकम हरेक महिनाको ७ गतेभित्र मासिक ४ हजारका दरले ५ महिनानामा २० हजार बुझाउने र बाूकी २ लाख ४ हजार ४ पुस ०६० सम्ममा चुक्ता गर्ने गरी कीर्ते कपाली तमसुक भट्टराईले बनाएका थिए । ऋण म्यादभित्र चुक्ता नगरेको भन्दै व्याजसहित २ लाख २८ हजार ९ सय ३६ रुपैयाू भराइ पाउनु पर्ने भट्टराईको जिकिरलाई जिल्ला अदालतले जिताइदिएको थियो ।
फैसलाबाट आफू उल्टै मारमा परेको भन्दै मृतक बस्नेतकी पत्नी राजकुमारी तथा छोराहरू नारायणचन्द्र र मधुचन्द्रले पुनरावेदन गरेका थिए । बस्नेतले अर्कै प्रयोजनका लागि छाडेको लिफा -खाली कागजमा सही गरेर वकिललाई दिइने पातो) को सहीछापबाट भट्टराईले कीर्ते गरी जाली तमसुक बनाएको जिकिर गरेका थिए ।
पुनरावेदनले फैसलाअघि कागज सद्दे भए नभएको जाूच गर्न विशेषज्ञकामा पठाएको थियो । जाूचका क्रममा कागज किर्ते भएको फेला परेपछि पुनरावेदनले ३ कात्तिक ०६५ मा जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याएको थियो । पुनरावेदनको फैसलाविरुद्ध अधिवक्ता भट्टराई सर्वाेच्च गएका थिए । प्रमाण र तथ्यका आधारमा पुनरावेदनको फैसला ठीक देखिएकाले त्यसलाई सर्वाेच्चले पनि सदर गरिदिएको हो ।
प्रकाशित मिति: २०७० श्रावण १२
- See more at: https://www.facebook.com/nepalinewss-popular video:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:
Post a Comment