Sunday, May 25, 2014

ऐंसेलुबाट करोड आम्दानी

Photo: ऐंसेलुबाट करोड आम्दानी

भिडियो हेर्नुस्::http://www.youtube.com/watch?v=SsBsuj2TEog
http://www.youtube.com/watch?v=xmpNPgUvoxY
See more at: http://media36.blogspot.com/......
Youtube: http://www.youtube.com/user/gurungyam1

तेह्रथुम, जेष्ठ ११ - जंगलमै कुहिने ऐंसेलु टिपेर गाउँलेले यस वर्ष १ करोड रुपैयाँ कमाएका छन् । उनीहरूले संखुवासभाको टुटेमा सञ्चालित वाइन उद्योगलाई बेचेर त्यति रकम हात पारेका हुन् ।  

वाइन बनाउन प्रयोग हुने ऐंसेलु गाउँलेबाट संकलन गरेर धनकुटा मारेककटहरे माझखर्कका रुद्र गुरुङले मात्रै दुई महिनामा ६ लाख ५० हजार रुपैयाँ आम्दानी गरे ।

वाइन उद्योग तेह्रथुम, संखुवासभा र धनकुटाका बासिन्दाका लागि ऐंसेलु बिक्री गरेर गाउँमा करोडौं रुपैयाँ भित्र्याउने माध्यम बनेको छ । जंगलमा फलेको ऐंसेलु टिपेर सोल्मा, तामाफोक, सुङनाम, मारेककटहरे, परेवादिन, आङदिम, हमरजुङ, फुलेक, दागपा, सुदापलगायतका दर्जन बढी गाविसवासीले १ करोड रुपैयाँ गाउँमा भित्र्याउने गरेको उद्योगका सञ्चालक सुजन श्रेष्ठले बताए । ऐंसेलुबाट उद्योगले 'हिंवा' ब्रान्डको वाइन उत्पादन गर्दै आएको छ ।

ऐंसेलु प्रतिकेजी ६० रुपैयाँसम्ममा बिकेपछि गाउँ-गाउँमा किसानले ऐंसेलुको व्यावसायिक खेतीसमेत सुरु गरेका छन् । परेवादिन ६ धनकुटाकी रीता भट्टराईले गाउँ नजिकको जंगलमा टिपेको ऐंसेलु बिक्री गरेर यस सिजनमा ३० हजार रुपैयाँ आम्दानी गरिसकेकी छिन् । सामुदायिक वनमा समेत ऐंसेलुको व्यावसायिक खेती हुन थालेको छ । सामुदायिक वनलाई केही पैसा बुझाएपछि सिजनभर ऐंसेलु टिप्न पाइने गरेको परेवादिनका ऐंसेलु संकलनकर्ता धनबहादुर कार्कीले बताए । ऐंसेलुबाट किसानले राम्रो

आम्दानी गर्न थालेपछि वन कार्यालयले सामुदायिक वनमार्फत ऐंसेलु खेती गर्न उपभोक्तालाई प्रोत्साहित गरिरहेको तेह्रथुमका सहायक वन अधिकृत गोपाल भट्टराईले वताए ।  

गाउँलेले जंगलमा गएर टिपेको ऐंसेलु खरिद गरेर एद्योगसम्म ल्याउने काममा मात्र यो सिजनमा १० जनाभन्दा बढी व्यापारी संलग्न छन् । उनीहरूले गाउँलेसँग प्रतिकेजी ५५ रुपैयाँमा ऐंसेलु खरिद गरेर उद्योगलाई ६० रुपैयाँका दरले बिक्री गर्दै आएका छन् । गाउँलेले टिपेर ल्याएको ऐंसेलु केलाउने, ड्रममा हालेर घोल्ने, प्रशोधन गर्नेलगायतका काममा १ सयभन्दा बढी युवायुवतीले रोजगारी पाएका छन् ।

ऐंसेलु टिप्न विद्यार्थीसमेत पढाइ छोडेर जंगल जाने गरेका छन् । दुई महिना ऐंसेलु खोजेर बेचेको पैसाले विद्यार्थीले विद्यालय पोसाक, कापी कलम, जुत्तालगायत सामग्री जुटाउँछन् । ऐंसेलुबाट उद्योगले अहिले वाषिर्क १ लाख ६६ हजार लिटर वाइन उत्पादन गर्दै आएको जनाएको छ । उद्योगले जग्गा खरिद, भौतिक पूर्वाधार तथा अन्य उपकरणसमेत गरेर २ करोड बढी लगानी गरेको छ । वाइन उत्पादन गरेबापत उद्योगले सरकारलाई वाषिर्क १ करोड ८८ लाख रुपैयाँ राजस्व बुझाउँदै आएको छ ।

प्रकाशित मिति: २०७१ जेष्ठ ११

No comments:

Post a Comment