भिडियो हेर्नुस्::http://www.youtube.com/
http://www.youtube.com/
See more at: http://media36.blogspot.com/......
Youtube: http://www.youtube.com/user/
डोल्पा, जेष्ठ ११ - डोल्पामा भारी हिमपात जनजीवन प्रभावित भएको छ । हिमपातका कारण यार्चाकगुम्भु संकलनका लागि पाटन पुगेकाहरुको बिचल्ली भएको छ ।
यार्चाकुन्भु टिप्नका लागि भोक्पा पुगेका शेरबहादुर बुढाले हिमपातले पाल भत्काउादा बस्न र खाना बनाउन समस्या परेको बताए ।
'७ ईन्च हिउँ परिसकेको छ, अझै हिमपात भैरहेको छ', फोनमा उनले भने,'बिपत्तिमा परिने चिन्ता बढेको छ ।'
डोल्पाका यार्चाकुन्भु पाइने जगदुल्ला, कागमारा, कुनासा, भोक्पा, भम्पे, ठाागे, सागर, नावरपानी, फूलबारी लगायतका सबै पाटनमा हिमपात भएको छ ।
केही बर्ष अघि हिमपातले डोल्पाको टाङटुङे लेकमा १६ जनाको ज्यान लिएको थियो ।
यति वेला डोल्पाका विभिन्न पाटनहरुमा हजारौं मानिसहरु पुगेका छन् । त्यसमा ७० प्रतिशत भन्दा बढी महिला र बालबालिकाहरु छन् ।
माझफाल गाविसको रुपपाटनमा यार्चाकुन्भु टिप्न पुगेका जाजरकोटका ३ जना चिसोले बिरामी भएका छन् । उनीहरुलाई स्वास्थ्य चौकी माझफाल झारिएको प्रहरीले जनाएकेा छ ।
हिमपातले गर्दा पाटन पुगेका सर्वसाधरणहरु हिउँ पर्दापर्दै बेसी र्झन थालेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडले जनाएको छ ।
प्रकाशित मिति: २०७१ जेष्ठ ११
No comments:
Post a Comment