लाइसेन्समा हुने चलखेल कडाइ गरेपछि दसैंअघि नै ट्रायल रोकियो
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/
:http://www.youtube.com/
100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
काठमाडौं, आश्विन ३ - यातायात कार्यालयको लाइसेन्स फाँटले छठसम्म चारपाङ्ग्रे सवारी साधनको 'ट्रायल' रोकेको छ । बग्गीखानास्थित ट्रायल गर्ने ठाउँमा नेसनल ट्रेडिङले सुपथ मूल्य पसल राखेको कारण देखाउँदै चारपाङ्ग्रे सवारीसाधनको नयाँ लाइसेन्स प्रक्रिया रोकिएको हो । यसका कारण अपर्झट नयाँ लाइसेन्स लिन चाहने सेवाग्राही मर्कामा परेका छन् ।
यातायात व्यवस्था विभागका महानिर्देशक सुदर्शन ढकालले नेसनल ट्रेडिङ लिमिटेडले यसपालि छिटो नै दसैं मेला सुरु गरेकाले ट्रायल रोक्नुपरेको बताए । 'हामीलाई नेसनल ट्रेडिङले नै भाडामा जग्गा उपलब्ध गराएको र उनीहरूले मेला गर्न लागेकाले केही समय ट्रायल रोक्नुपरेको हो,' महानिर्देशक ढकालले कान्तिपुरसित भने । हरेक वर्ष नेसनल ट्रेडिङले घटस्थापनाको सेरोफेरोमा सुरु हुने मेला यसपालि दस दिनअघिदेखि नै सुरु गर्नुलाई यातायात कार्यालयले कारण देखाएको छ । मोटरसाइकलको ट्रायल भने जारी छ ।
ट्रायल स्पटमा परिवर्तन गर्नुपर्ने कारण देखाउँदै विभागले देशभरका सबैजसो यातायात कार्यालयहरूबाट ट्रायल रोकेको छ । हतारोमा हुने सेवाग्राहीलाई लाइसेन्सका लागि राजधानी धाउन बाध्य बनाएको विभागले यहाँसमेत ट्रायल रोकेको हो । मासिक डेढ लाखका दरले भाडा तिरिरहेको यातायात कार्यालयले वाणिज्य मन्त्रालयमार्फत नै जग्गा प्रयोग गरिरहेको हो । 'तर भाडामा लिएका कारण हामीलाई चाहिन्छ भनेर यातायातले अडान लिन सकेको छैन,' लाइसेन्स फाँटका एक कर्मचारीले भने । नयाँ ट्रायल स्पट कानुनअनुरूप नभएको भन्दै दायर रिटमाथिको अन्तरिम आदेशका कारण वैशाखको अन्तिम साताका केही दिन ट्रायल रोकिएको थियो ।
बग्गीखानामा मेला सञ्चालन भए पनि ट्रायल लिन समस्या नहुने कर्मचारीहरू बताउँछन् । चाहेको भए मेलामा प्रयोग भएको टेन्ट हटाएर बिहानको समयमा ट्रायल गर्न सकिने उनीहरू बताउँछन् । दैनिक १०/१५ जनामात्रै ट्रायलका लागि आउने गरेको, झन्झट मात्रै भएको र मेला पनि प्रभावित हुने भन्दै ट्रायल रोकिएको हो । अरू बेलामा सीसीटीभीको वास्ता नगर्ने कर्मचारीले यसपालि भने मेलाको टेन्टले सीसीटीभी ढाकिएको बाहना बनाएका छन् ।
यातायात स्रोतका अनुसार, पछिल्लो समय अख्तियारको निरन्तर निगरानी तथा त्रासका कारण लाइसेन्स फाँटमा दलालहरूको चलखेल घटेको थियो । चलखेलका आधारमा लाइसेन्स निकाल्न सकिने अवस्था नभएपछि हतोत्साहित बनेका कर्मचारीहरूले सेवाग्राही नै मर्कामा पर्ने गरी ट्रायल रोक्ने निर्णय गरेका हुन् । विभागका महानिर्देशक स्वयंले त्यस्तो आशंका आधारहीन नभएको बताए । 'कर्मचारीहरूमा अलिअलि त्यस्तो मानसिकताले पनि काम गरेको हुन सक्छ,' उनले भने, 'जसरी भए पनि चलाऔं नै भनेको भए रोकिने थिएन ।' तर फाँटका कर्मचारीहरूले विभागकै पत्राचारका आधारमा ट्रायल रोकिएको दाबी गरे ।
कुनै तयारी र व्यवस्थापनबिना ट्रायल प्रणाली फेरेको विभागले कतिपय अञ्चल कार्यालयमा अझै ट्रायल सुरु गर्न सकेको छैन । पोखरामा मोटरसाइकलको ट्रायल सुरु भए पनि चारपाङ्ग्रेको स्पट बनिसकेको छैन । दुई अञ्चलमा बल्ल जग्गा खोज्ने काम भइरहेको छ । गत वैशाखदेखि अंग्रेजी 'एट' आकारको ट्रायल स्पट सुरु गरेको विभागले त्यसका लागि अतिरिक्त जग्गा लाग्ने भन्दै पुरानो शैलीबाट ट्रायल लिन रोकेको थियो ।
एकान्तकुनास्थित वाग्मती लाइसेन्स फाँटमा चारपाङ्ग्रेका लागि दैनिक करिब ५० जना र मोटरसाइकलका लागि त्यसको तेब्बरले आवेदन दिन्छन् । राजधानीबाट पूर्णक्षमताका साथ १२ वटै कार्यालयमा ट्रायल चल्न सकेको छैन । सुरुमा बजेट अभावलाई कारण देखाएको यातायात व्यवस्था विभागले त्यसपछि पनि ट्रायल स्पटको जग्गा व्यवस्थापन गर्न सकेको छैन । वैशाखदेखि रोकिएका ती क्षेत्रमा छिट्टै ट्रायल सुरु गर्न पहल भइरहेको ढकालले बताए ।
दसंैको मेलालाई बाहना बनाए पनि कर्मचारीहरूले त्यसलगत्तै पनि बिनाकारण सेवा रोक्ने निर्णय गरेका हुन् । उनीहरूले बिनाआधार छठसम्म ट्रायल रोक्ने जनाएका छन् । तोकिएको ढाँचामा सेवा प्रवाह गर्नुपर्ने सरकारी कार्यालयले कुनै पनि बाहनामा काम रोक्न मिल्दैन । तर आफ्नो स्वार्थ पूरा नभएकाले विभिन्न बाहनाका आधारमा ट्रायल रोकिएको जानकारहरू बताउँछन् ।
प्रकाशित मिति: २०७० आश्विन ३
No comments:
Post a Comment