See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/
:http://www.youtube.com/
100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
काठमाडौ, आश्विन ३ - संविधानसभा निर्वाचन अनुगमनका लागि विभिन्न मुलुकबाट पर्यवेक्षक आउन थालेका छन् । व्यक्तिगत र संस्थागत गरी करिब ३ सय अन्तर्राष्ट्रिय पर्यवेक्षकले निर्वाचन अनुगमन गर्ने छन् ।
कार्टर सेन्टरले ८५ र एसिया नेटवर्क अफ फ्रि इलेक्सन्स (एन्फ्रेल) ले ५४ अन्तर्राष्ट्रिय पर्यवेक्षक ल्याउन आयोगमा निवेदन दिएका छन् । उनीहरूको आवेदन स्वीकृत भने भइसकेको छैन । त्यसबाहेक युरोपेली युनियन (ईयू) ले पनि झन्डै सय पर्यवेक्षक ल्याउँदै छ । कार्टर सेन्टरअन्तर्गत बुधबार १२ दीर्घकालीन पर्यवेक्षक राजधानी आइपुगेका छन् । अल्पकालीन पर्यवेक्षकका रूपमा ६० जनासम्म आउने सेन्टरसम्बद्ध अधिकारीले जनाए । दीर्घकालीन पर्यवेक्षकहरू पाँचै विकास क्षेत्रमा जानेछन् । 'उनीहरूको मुख्य काम सुरक्षास्थिति र चुनावी माहोलबारे अवलोकन गर्नु नै हो,' स्रोतले भन्यो, 'त्यसबाहेक उनीहरूले सञ्चारमाध्यम, राजनीतिक दल र नागरिक समाजका व्यक्तिसँग भेटघाट गरी आवश्यक जानकारी लिनेछन् ।'
अघिल्लो संविधानसभा निर्वाचनमा पर्यवेक्षकको रूपमा आएका अमेरिकी पूर्वराष्ट्रपति तथा कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टर यसपालि पनि आउन इच्छुक रहेको स्रोतले जनायो । अघिल्लो निर्वाचनमा सेन्टरले १३ दीर्घकालीन पर्यवेक्षक सहभागी गराएको थियो भने २० भन्दा बढी मुलुकका ६२ पर्यवेक्षकले अल्पकालीन अनुगमन गरेका थिए ।
बेलायती अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी) का कार्यवाहक प्रमुख फिलिप स्मिथका अनुसार बेलायत सरकारले ८ हजार राष्ट्रिय, ५० अन्तर्राष्ट्रिय र ५० क्षेत्रीय पर्यवेक्षक परिचालन र तालिमका लागि सहयोग गरिरहेको छ । अन्तर्राष्ट्रिय पर्यवेक्षक कार्टर सेन्टरमार्फत र क्षेत्रीय पर्यवेक्षक एन्फ्रेलमार्फत परिचालन गर्न लागेको डीएफआईडी जनाएको छ ।
ईयू काठमाडौं कार्यालयका अनुसार तीन चरणमा गरी एक सय पर्यवेक्षक नेपाल आउँदै छन् । उसले अघिल्लो संविधानसभा निर्वाचनमा पनि सोही संख्यामा पर्यवेक्षक ल्याएको थियो । पहिलो टोलीमा १० पर्यवेक्षक अक्टोबर ३ मा आउँदै छन् । त्यसमा प्रमुख निर्वाचन पर्यवेक्षकसहित विश्लेषक, राजनीतिक, कानुनी र सञ्चार विश्लेषक, पर्यवेक्षक संयोजकलगायत रहने छन् । ईयू संसद्का सदस्य प्रमुख निर्वाचन पर्यवेक्षक हुनेछन् । टोलीमा सहभागी पर्यवेक्षकमा जर्मनी, फ्रान्स, आयरल्यान्ड, स्पेन, बेलायत, स्वीडेन र लिथुवानियाका हुनेछन् ।
बाँकी रहेका सदस्य दोस्रो र तेस्रो चरणमा आउने छन् । 'दीर्घकालीन पर्यवेक्षक' अक्टोबर १३ र अल्पकालीन पर्यवेक्षक नोभेम्बर १० मा आइपुग्ने ईयूले जनाएको छ ।
संयुक्त राष्ट्रसंघले निर्वाचन आयोगको अनुरोधमा १० सल्लाहकार पठाएको छ । उनीहरूलाई पाँच विकास क्षेत्रमा दुई/दुई जनताको दरले परिचालन गरिँदै छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकले ठूलो संख्यामा चुनाव अनुगमन गरे पनि उनीहरूले दिने प्रतिवेदनको विश्वासनीयतामा प्रश्न उठ्ने गरेको छ । कतिपयले प्रतिवेदनसमेत आयोगलाई बुझाउँदैनन् । अघिल्लो पटक अनुगमनको अनुमति पाएका १ सय ४८ राष्ट्रिय संस्थामध्ये ३६ ले र २८ अन्तर्राष्ट्रिय संस्थामध्ये ६ वटाले मात्र आयोगमा प्रतिवेदन बुझाएका थिए । निर्वाचनको निष्पक्षताबारे कतिपय पर्यवेक्षकले दिने प्रतिवेदन पनि विवादमा पर्ने गरेको छ ।
'निर्वाचन पर्यवेक्षण कार्य जटिल र संवेदनशील विषय हो,' राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (न्युक) का महासचिव गोपालकृष्ण शिवाकोटीले भने, 'पर्यवेक्षकहरूले आचारसंहितालाई प्रभावकारी ढंगले पालना नगर्दा र एउटा व्यक्तिले मात्रै त्यसको पालना नगर्दा पनि समग्र पर्यवेक्षकको विश्वासनीयतामा आँच आउँछ ।' पर्यवेक्षणलाई दक्षता र व्यावसायिकता नबुझी पर्वका रूपमा मात्रै लिन नहुने उनको भनाइ छ ।
अघिल्लो निर्वाचनमा पर्यवेक्षकको निष्पक्ष भूमिकाबारे प्रश्न उठेकाले यसपालि सशक्त रूपमा काम गर्न समितिमार्फत नियमित बैठक भइरहेको उनले बताए ।
अघिल्लो वर्ष न्युकले राष्ट्रिय पर्यवेक्षकको मात्रै समन्वय गरेकामा यसपालि अन्तर्राष्ट्रिय पर्यवेक्षक ल्याउने संस्थासँग पनि समन्वय गरेको उनको भनाइ छ । न्युकले यसपालि २५ देखि ३० जनासम्म अन्तर्राष्ट्रिय प्रतिनिधि ल्याउने शिवाकोटीले बताए । त्यसबाहेक आयोगले निर्वाचन आयोगका प्रमुखहरू पनि बोलाउँदै छ । आयोगमा स्वदेशी तथा विदेशी संस्थाले ७४ हजारभन्दा बढीको संख्यामा पर्यवेक्षक खटाउन आवेदन गरेका छन् ।
प्रकाशित मिति: २०७० आश्विन ३
No comments:
Post a Comment