तमलोपा पनि नेता तान्नै व्यस्त
आइतबार फोरम गणतान्त्रिक छाडेका शाह तमलोपा प्रवेश
काठमाडौं,
श्रावण २८ -
करिब १७ महिनादेखि मधेसवादी दलहरूबीच एकीकरण गरी एउटै मोर्चा बनाउन कसरत
गरिरहेको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) पनि अन्ततः अन्य दलका
नेता तानतुनमा केन्द्रित बन्न पुगेको छ ।
संविधानसभापछि टुक्राटुक्रामा विभाजित दल र नेताहरूबीच गरेको एकीकरण
प्रयास तत्काल असम्भव देखिएपछि उसले पनि नेता बटुल्न थालेको हो । अरू मधेसी
दलले एक अर्काका नेता पार्टीमा भित्र्याइरहे पनि तमलोपाले त्यसो गरेको
थिएन ।
तमलोपाले आइतबार मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) को महासचिवबाट शनिबार
राजीनामा दिएका पूर्वसभासद अकबाल अहमद शाहलाई पार्टीमा भित्र्याएको छ ।
उनलाई जिम्मेवारी भने दिइएको छैन । पार्टी उपाध्यक्ष वृषेशचन्द्र लालले
मधेसी दलबीच एकीकरण प्रयास परिणाममुखी नदेखिएपछि आकषिर्त नेता भित्र्याउन
थालिएको बताए । 'एकीकरण र पार्टी प्रवेश कार्यक्रमलाई सूगसूगै लैजाने नीति
हो,' उनले कान्तिपुरसित भने । गत वैशाखमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले
एकीकरणबारे मधेसवादी दलसूग सामूहिक र एक्लाएक्लै छलफल गरेका थिए ।
पार्टी कार्यालय बिजुलीबजारमा आयोजित कार्यक्रममा अध्यक्ष ठाकुरले टीका
लगाएर शाहसहित फोरम गणतान्त्रिक कपिलवस्तुका कार्यकर्तालाई पार्टी प्रवेश
गराएका हुन् । शाह दल बदलिरहने मधेसी नेता हुन् । नेकपा, वाममोर्चा, एमाले र
राप्रपा हुँदै उनी गत संविधानसभा चुनावमा मधेसी जनअधिकार फोरमबाट
कपिलवस्तु- ४ बाट चुनाव लडेका थिए । त्यतिबेला तमलोपाका उम्मेदवार
ईश्वरदयाल मिश्रले उनलाई हराएका थिए ।
शाहसँगै फोरम गणतान्त्रिक छाडेका बीपी यादव र सीताराम अग्रवाल भने तमलोपा
प्रवेश गरेनन् । उनीहरू कार्यक्रममै उपस्थित भएनन् । पार्टी प्रवेश गर्दै
पूर्वमन्त्री शाहले तमलोपालाई मधेसको सबैभन्दा ठूलो पार्टी बनाउन तन, मन र
धन दिएर लाग्ने प्रतिबद्धता जनाए ।
तमलोपाका एक नेताका अनुसार शाहले महिनौंदेखि आफूलाई तमलोपामा भित्र्याउन
उच्च नेतृत्वलाई दबाब दिूदै आएका थिए । शाहकै गृह जिल्लावासी तमलोपाका
महामन्त्री वृजेशकुमार गुप्ता उनीविरुद्ध थिए । तैपनि दबाब थेग्न नसकेपछि
उनलाई प्रवेश गराउने निष्कर्षमा तमलोपा पुगेको हो ।
तमलोपाले पार्टी प्रवेश गराउने पक्कापक्की भएपछि शनिबार शाहले फोरम
गणतान्त्रिक छाडेका थिए । गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवदेखि रुष्ट उनी
महिनौंदेखि पार्टीमा सक्रिय थिएनन् । आफ्नो पार्टी कार्यालयभन्दा अधिक समय
उनी तमलोपाको कार्यालयमा बिताउूथे ।
प्रवक्ता सर्वेन्द्रनाथ शुक्लका अनुसार केही दिनमै फोरमका पूर्वसभासदहरू
आत्मरामप्रसाद साह र सुरिताकुमारी साह र एसएन मेहता (सुनसरी) पनि तमलोपा
प्रवेश गर्दैछन् । जिल्लामा हुने पार्टी प्रवेश अभियानमा उनीहरूलाई प्रवेश
गराइने शुक्लले बताए ।
प्रकाशित मिति: २०७० श्रावण २८
No comments:
Post a Comment