-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौं, भाद्र ८ - महानगरपालिकाले होर्डिङ वोर्ड व्यवस्थापनमा निर्वाचन आचार- संहिता लागू नहुने स्पष्ट गरेको छ । महानगरका कार्यकारी अधिकृत लक्ष्मण आर्यालद्धारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा निर्वाचन आयोगले होडिङ वोर्ड व्यवस्थापनमा आचार- संहिता लागू नहुने भन्दै काम सुचारु हुने स्पष्ट गरेको हो ।
'सरही सु-व्यवस्थापनको लागि संचालित उक्त अभियान स्थगन नभएको, नियमित सुचारु रहेको र निर्वाचन आचारसंहिता लागु नहुने' विज्ञप्तिमा उल्लेख छ । त्यसबारे आयोगले हस्तक्षेप नगर्नेसमेत उल्लेख गर्दै होडिङ वोर्ड हटाउने काम जारी रहने विज्ञप्तिमा छ । केही दिन अघि निर्वाचन आचार संहिता लागु भएको अवस्थमा होडिङ वोर्ड नहटाउन महानगलाई आयोगले निर्देशन दिएको थियो ।
प्रकाशित मिति: २०७० भाद्र ८
No comments:
Post a Comment