Friday, August 23, 2013

टुरिष्ट भिसामा छिरेका विदेशी निगरानी राअविका गुप्तचर परिचालन



"राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्र सरकारी संस्था, विदेसीले सञ्चालन गरेका होटल, रेष्टुरेन्ट, व्यापारिक क्षेत्रमा बढी निगरानी बढाएको छ । यस बर्ष ६८ जनालाई कारबाही गरी नेपालबाट फिर्ता पठाइयो"
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौ, भाद्र ८ - पर्यटक भिसामा नेपाल प्रवेश गरेर काम गर्ने विदेसी नागरिकलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ । अध्यागमन विभागले गैह कानुनी रुपमा नेपालमा बस्दै आएका ठूला मुलकका नागरिकलाई पनि नियन्त्रणमा लिएर जरिवाना गरी फिर्ता पठाएको छ । पछिल्लो पटक अमेरिका, बेलायत, चीनका नागरिकलाई नियन्त्रणमा लिएर उनीहरुको मुलुक फिर्ता गरेको छ । विभागले २०१३ मा ६८ जनालाई कारबाही गरेर उनीहरुकै देशमा फिर्ता पठाएको जनाएको छ ।
विभागका निर्देशक शम्भु घिमिरेका अनुसार अमेरिकन नागरिक चाल्स भिसेन्ट जोन्सन बनेपा स्थित सिरमेमारियल अस्पतालमा कार्यरत थिए । त्यस्तै बेलायती नागरिक इयान बेल्जियन सांग्रिला क्यासिनोका म्यानेजर र चिनिया नागरिक चाङकाई युन ठमेलको ज्याठामा चाइना सेन लिन नामक अस्पताल सञ्चालन गरिरहेको अवस्थामा विभागको टोलीले नियन्त्रणमा लिएर कारबाही गरेको हो । गैह्रकानुनी काम गरेको भन्दै विभागले जरिवाना लिएर उनीहरुकै देशमा फिर्ता पठाएको हो ।
सन २००७ मा पर्यटक भिसामा आएका युनले ज्याठामा पाँच बर्षका लागि घर भाडामा लिएर अस्पताल सञ्चालन गरेको पाइएको थियो । माथिल्लो तलामा अस्पताल र भुइतलामा औषधि पसल सञ्चालन गरेका थिए । विभागले उनलाई मंगलबार तातोपानी नाका हुदै उनको मुलुक फिर्ता पठाएको हो । विभागको साउन ३१ को बैठकले नेपालबाट फिर्ता पठाउने निर्णय गरेको थियो ।
अध्यागमन ऐन अनुसार पर्यटक भिसामा आएका विदेसीले अन्य काम गर्न प्रतिबन्ध लगाएको छ । तर, नेपालमा खुलेका राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्र सरकारी संस्थामा पर्यटक भिसामा आएका विदेसी नागरिकले काम गरिरहेका छन् । कतिपयले व्यवसाय सञ्चालन गरी बसेका छन् । विगतमा यस्ता व्यक्तिलाई सरकारले कारबाही नगरी उन्मुक्ति दिने गरेको थियो । पछिल्लो पटक यस्ता व्यक्तिलाई विभागले निगरानी थालेको घिमिरेले बताए । 'नेपाल प्रवेश गरेपछि यसअघि हाम्रो सिस्टमले देखाउदैनथ्यो,'उनले भने,'तर, अब हामी यस्ता व्यक्तिको लगत तयार गरी अनुगमन गरेपछि सबैलाई कारबाहीको दायरामा ल्याउछौ ।'
गृह मन्त्रालयका अनुसार गैह्रकानुनी रुपमा पर्यटक भएर छिर्ने अनि नेपालमा व्यापार, जागिर गरेर बस्नेमा करिब १२ हजार विदेश् छन् । पछिल्लो पटक विभागले गरेको अनुसन्धानले पर्यटक भिसामा आउने विदेशीहरु ग्रामिण क्षेत्रमा स्वंसेवक, केही धर्मको प्रचार प्रसारमा, व्यापार र नेपाली युवतीसंग विवाह गरेर बस्ने पनि छन् । कतिपयले अस्पताल सञ्चालन गरेर बसेका छन् ।
यस्ता व्यक्तिको निगरानी गर्न विभागको अनुगमन टोली पर्यटकको चहलपहल हुने क्षेत्रमा पुगेर पासपोर्ट 'चेक' गरेर अबैध काम गरेको पाइए नियन्त्रणमा लिने गरेको विभागका महानिर्देशक शरदचन्द्र पौडेलले बताए । 'कुन क्षेत्रमा कति छन ? पहिचान गरेर कारबाहीको अभियान सुरु गरेका छौ,'उनले भने,'पर्यटक भिसामा आउनेहरु गैह्र कानुनी रुपमा बस्ने अब कारबाहीको दायरामा ल्याउछौ ।'
 विभागले अनुगमन गर्न सूचना समन्वय तथा बिश्लेषण शाखाका अधिकारीहरु खटिने गर्छन । त्यसमा अध्यागमन अधिकृत, पर्यटक प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग (राअवि)का अधिकारी खटिने गर्छन । यस्ता व्यक्तिको पहिचान गर्न राअविका गुप्तचरहरु उनीहरुको पहिचनमा विशेष रुपमा खटिने गरेक् छन् । उनीहरुको सूचनाको आधारमा विभागले गैह्रकानुनी काम गर्ने विदेसीलाई नियन्त्रणमा लिएर कारबाही गर्ने गरेको छ ।  पर्यटक भिसामा आउने विदेसी एक बर्षमा १ सय ५० दिन मात्रै नेपाल बस्नूपाउूछन । सरकारको कमजोरी थाहा पाएपछि विदेशीहरु गैह्रकानुनी बस्ने गरेको गृहका एक अधिकारीले बताए ।  
 पूर्व गृह सचिव उमेश मैनालीले पर्यटक भिसामा प्रवेश गर्ने विदेसी विशेषगरी व्यापार गर्ने गरेको बताए । त्यसमा अन्य मुलुकका भन्दा चिनिया नागरिक बढ् छन् । विदेशीले सञ्चालन गरेको व्यवसायमा कामदार पनि उनकै देशबाट पर्यटक भिसामा ल्याउने गरेक् छन् । 'वर्क परमिट विना काम गर्नेलाई सरकारले कारबाही अभियान चलाएपछि यस्तो प्रवृति अन्त्य हुन्छ,'उनले भने,' अफ्रिकन र चाइनिज पर्यटकसँग बढी होसियार हुनु पर्छ ।' केही अफ्रिकनहरु पर्यटक भिसामा नेपाल प्रवेश गरेर व्यवसायिक रुपमा खेलडी बनेर बसेका छन् ।
प्रकाशित मिति: २०७० भाद्र ८

No comments:

Post a Comment