-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौं, भाद्र ३ -
कांग्रेस नेता गोपालराज पहाडीको सोमबार बिहान निधन भएको छ ।मधुमेह र हृदयघातको समस्याबाट पीडित कांग्रेस केन्द्रीय सदस्य पहाडीको काठमाडौं शिक्षण अस्पताल सिनामङ्गलमा सोमबार बिहान ७ बजे निधन भएको हो । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि यही असारको दोस्रो हप्तादेखि अस्पताल भर्ना गरिएको थियो ।
विसं २००२ मा सङ्खुवासभाको मादिराम्बेनी-१ मा जन्मिएका अविवाहित नेता पहाडीले मुलुकको प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक जेलजीवन बिताएका थिए ।
१७ वर्षदेखि निरन्तर पार्टीको केन्द्रीय सदस्य रही पूर्वाञ्चल विकास क्षेत्रकै अग्रज केन्द्रीय नेताका रुपमा स्थापित पहाडी २०३६ देखि २०५२ सालसम्म सङ्खुवासभाको कांग्रेस पार्टी सभापति थिए भने २०४८, २०५६ र २०६४ सालको संसदीय र संविधानसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार थिए ।
पहाडीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए ।
पहाडीको निधनमा शोक ब्यक्त गर्न सोमबार बिहान साढे ९ बजे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ । बैठकले तीन दिन पाटीको झण्डा आधा झुकाउने तथा पार्टी कार्यालय बन्द गर्ने निर्णय गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति: २०७० भाद्र ३
No comments:
Post a Comment