Tuesday, July 2, 2013

» मुख्य समाचार » रेग्मीले भने 'निर्वाचनको वातावरण बनाउनुहोस' -

काठमाडौ, असार १९ - मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निर्वाचनको वातावरण बनाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका छन् । बुधबार आफ्नो निवास बालुवाटारमा दाहालसाग भेट्दै रेग्मीले निर्वाचनमा सबैको सहभागिताको सुनिश्चितताका लागि पनि पहल गर्न आग्रह गरे ।
दुईजनाबीच संविधानसभाको निर्वाचन तयारी र आवश्यक वातावरण बनाउने विषयमा छलफल भएको रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले बताए । रेग्मीले निर्वाचनको आवश्यक तयारी सरकारका तर्फबाट पूरा भइसकेकाले अब वातावरण बनाउने जिम्मा दलहरुको रहेको बताएका थिए । मसिंर ४ मा निर्वाचन गर्ने सरकारी तयारी सम्बन्धमा रेग्मीले दाहाललाई अवगत गराएका थिए । दाहालले आफ्नो पार्टी र उच्च स्तरीय राजनीतिक संयन्त्र निर्वाचनको वातावरण बनाउन सक्रिय रहेको प्रतिवद्धता जनाएका थिए ।


प्रकाशित मिति: २०७० असार १९
- See more at: https://www.facebook.com/nepalinewss
 popular VDO  http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:

Post a Comment