Tuesday, July 2, 2013

» मुख्य समाचार » संविधानसभासँगै स्थानीय चुनाव गरौं: एमाले -

काठमाडौ, असार १९ - एमालेले संविधानसभा चुनावसँगै स्थानीय निकाय निर्वाचनको पनि प्रस्ताव गरेको छ ।
एमालेको स्थानीय विकास तथा भौतिक पूर्वाधार विभागले जिल्ला विकास समिति महासंघ, नगरपालिका संघ र सरकारी प्रतिनिधिहरूसँग राजधानीमा गरेको छलफलपछि स्थानीय निकायको चुनाव पनि संविधानसभासँगै गर्न सकिने निष्कर्ष निकालेको हो ।
प्रमुख चार दलबीच फागुन ३१ मा भएको ११ बुँदे सहमतिमा २०७० सालभित्र स्थानीय निकायको चुनाव गर्ने उल्लेख छ ।
एमालेले चैतसम्मको समय लामो हुने र चुनावी खर्च पनि दोहोरो पर्ने भएकाले एकैपल्ट गर्नु उपयुक्त हुने धारणा ल्याएको हो ।  
'संविधानसभा चुनावमा खटिएकै कर्मचारीहरूले त्यही समयमा काम गर्न सक्छन्, निर्वाचन सामग्रीहरू एकैपटक दुवै निर्वाचनलाई प्रयोग गर्न सकिन्छ,' एमाले स्थानीय विकास विभाग प्रमुख नेत्र पन्थीले भने, 'यसले दोहोरो खर्च घटाउँछ ।'
उनका अनुसार स्थानीय निकायको चुनावबारे एमालेले अब उच्चस्तरीय राजनीतिक समितिमा प्रस्ताव लैजाने छ । '११ बँुदे सहमतिमै यो कुरा छ तर स्थानीय निकाय चुनाव जहिल्यै दोस्रो प्राथमिकतामा पर्दै आएको छ,' विभाग प्रमुख पन्थीले भने, 'राजनीतिक निर्णय हुने हो भने संविधानसभा चुनाव भएको २/४ दिनभित्रै त्यही बुथ, कर्मचारी प्रयोग गरी चुनाव गराउन सकिन्छ  ।'
एमाले स्थानीय विकास विभागको बैठकले २०७० साल मंसिर ४ गते तोकिएको संविधानसभा निर्वाचनसँगै स्थानीय निकायको अन्तरिम निर्वाचन गर्न/गराउनका लागि आवश्यक तयारी गर्न नेपाल सरकार, निर्वाचन आयोग, सम्पूर्ण राजनीतिक दलहरूलगायत सरोकारवाला निकायहरूमा आह्वान गरेको छ ।
२०५४ सालमा स्थानीय निकाय चुनाव भएको थियो । त्यो चुनावबाट निर्वाचितहरूको २०५९ सालमा पदावधि सकिएपछि स्थानीय निकाय रिक्त छन् । कर्मचारी, मनोनीत, राजनीतिक संयन्त्रको नाममा स्थानीय निकायमा मानोमानी भइरहेको छ । हाल सबै स्थानीय निकाय कर्मचारीले चलाइरहेका छन् ।



प्रकाशित मिति: २०७० असार १९
- See more at: https://www.facebook.com/nepalinewss
      popular VDOhttp://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:

Post a Comment