Thursday, September 19, 2013

प्रधानसेनापति अर्को साता भारत जाने



See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog

 100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
 I lop u kali
 Nepali music VDO
 मेरोनेपाल Mero Nepal

काठमाडौं, आश्विन ४ - प्रधानसेनापति गौरवशमशेर जबरा अर्को साता भारत भ्रमणमा जाने भएका छन् । सैनिक मुख्यालय जंगीअड्डाले उनको भ्रमण कार्यक्रम स्वीकृतिका लागि रक्षा मन्त्रालयमार्फत मन्त्रिपरिषद् कार्यालयमा पठाएको स्रोतले बतायो ।
सैनिक स्रोतका अनुसार भारतीय सेनाध्यक्ष जनरल विक्रम सिंहको औपचारिक निमन्त्रणामा उनी असोज १३ गते साताव्यापी भ्रमणका लागि जान लागेका हुन् । उनी असोज १९ गते र्फकने छन् । सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले जबरा भारत जान लागेको पुष्टि गरे पनि मन्त्रिपरिषद्बाट स्वीकृत भइनसकेकाले भ्रमणको विस्तृत जानकारी दिन नमिल्ने बताए ।
'स्वीकृत हुनासाथ भ्रमणबारे विस्तृतरूपमा जानकारी गराइनेछ,' उनले भने । स्रोतका अनुसार जबराले आफ्ना समकक्षीका साथै भारतीय रक्षामन्त्री र रक्षा मन्त्रालयका उच्चपदस्थ अधिकारीसँगसमेत भेटघाट गर्नेछन् । विस्तृत शान्ति सम्झौताका कारण भारतले दिँदै आएको सैनिक सहयोग लामो समयदेखि रोकिएको थियो । सरकारले सहयोग ल्याउने बाटो खोलिसकेको छ । तर, भारतबाट सैन्य सहयोग भने आइसकेको छैन । भ्रमणका क्रममा सैन्य सहयोगबारे पनि कुरा हुने एक उच्चपदस्थ सैनिक अधिकृतले जानकारी दिए ।
सरकारले आगामी संविधानसभा निर्वाचनमा नेपाली सेना परिचालन गर्ने निर्णय गरेलगत्तै हुन लागेको जबराको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको हो । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र जबराबीच गत सोमबार सेना परिचालनबारे गम्भीर छलफल भएको थियो । सोही दिन साँझ नवनियुक्त भारतीय राजदूत रन्जित रे र जबराबीच पनि सैनिक मुख्यालय जंगीअड्डामा छलफल भएको थियो । स्रोतका अनुसार त्यसअघि नै सरकार सेना परिचालनको मनस्थितिमा पुगेको र जबराको भारत भ्रमणको योजना बनेको थियो ।
राष्ट्रिय सुरक्षापरिषद्ले मंगलबार नै संविधानसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । भोलिपल्टै बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सुरक्षापरिषद्को सिफारिसमा सेना परिचालन गर्ने निर्णय गरी राष्ट्रपतिसमक्ष अनुमोदनका लागि पेस गरेको थियो ।
गृह मन्त्रालयले तयार पारेको एकीकृत निर्वाचन सुरक्षा योजनामा मंसिर ४ मा हुने संविधानसभा निर्वाचनमा ६१ हजार ९ सय ९५ सेना परिचालन गर्ने उल्लेख छ । योजनाअनुसार अति संवेदनशील तथा संवेदनशील जिल्लामा मतदान स्थल सुरक्षाको तेस्रो घेरामा नेपाली सेना रहनेछ । पिकेटिङ, फ्ल्याग मार्चका लागि मात्रै २५ हजार सैनिक खटिने छन् ।
केन्द्रदेखि जिल्ला तहसम्म रिजर्भ फौजका रूपमा २१ हजार २५ जना खटिने छन् भने बम डिस्पोजलका लागि ९ सय ६० जनाको फौज खटाइनेछ । मतपत्र छपाइ तथा पर्फोरेटिङ, मतपत्र, मतपेटिका तथा अन्य सामग्री ढुवानी, हवाई पेट्रोल तथा स्ट्राइकिङमा सेना परिचालन हुनेछ ।
नेकपा-माओवादी नेतृत्वको मोर्चाले निर्वाचन बिथोल्ने निर्णय गरेपछि सरकार सेना परिचालनको निष्कर्षमा पुगेको हो । माओवादी शीर्ष नेताहरूले उम्मेदवारी दर्ता गर्नै नदिने चेतावनी दिँदै आएका छन् । तर, परिवर्तित कार्यतालिका अनुसार उम्मेदवारी दर्ता गर्ने दिन (असोज १७ गते) चुनावी सुरक्षाको जिम्मेवारी बोकेको सेनाका प्रधानसेनापति नै मुलुकबाहिर हुनेछन् ।
प्रधानसेनापति बनेपछि जबराको यो तेस्रो भारत भ्रमण हो । २०६९ भदौ २५ मा प्रधानसेनापति बनेका जबरा सोही वर्ष मंसिर १० गते पारिवारिक भेटघाटका लागि भन्दै तीन दिने भ्रमणमा गएका थिए । प्रधानसेनापतिका छोरीज्वाइँ कलिकेश नारायणसिंह देव भारतको उडिसाबाट निर्वाचित लोकसभा सदस्य हुन् । जबराको ससुराली र मावली पनि भारतमै छन् ।
प्रधानसेनापति जबराले औपचारिक रूपमा गत पुसमा आठ दिन लामो भारत भ्रमण गरेका थिए । नेपाल र भारतका प्रधानसेनापतिलाई एक अर्को मुलुकको मानार्थ सेनापतिको उपाधि दिने प्रचलनअनुरूप त्यसबेला भारतीय राष्ट्रपति प्रणव मुखर्जीले राणालाई भारतीय सेनाको मानार्थ सेनापतिको उपाधि दिएका थिए ।
प्रकाशित मिति: २०७० आश्विन ४

No comments:

Post a Comment