Thursday, July 18, 2013

» मुख्य समाचार » क्षेत्र निर्धारण सुल्झाउन कार्यदल -

काठमाडौ, श्रावण ४ - उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन क्षेत्र निर्धारण को समस्या समाधान गर्न ८ सदस्यीय कार्यदल गठन गरेको छ । संवैधानिक जटिलता र राजनीतिक दलहरूको मागअनुसार क्षेत्र निर्धारण गर्न समस्या परेपछि निर्वाचन क्षेत्र निर्धारण आयोगले समितिसँग सहयोग मागेको थियो ।
कार्यदलमा एमाओवादीका कृष्णबहादुर महरा, खिमलाल देवकोटा, कांग्रेसका रामशरण महत, मीनेन्द्र रिजाल, एमालेका सुरेन्द्र पाण्डे, अग्नि खरेल र मधेसी मोर्चाका हृदयेश त्रिपाठी र जितेन्द्र देव छन् । 'कार्यदलले क्षेत्र निर्धारणमा निकासको पहल गर्नेछ,' बैठकपछि एमाले नेता रघुजी पन्तले भने ।
जनसंख्याको अनुपातमा क्षेत्र निर्धारण गर्न समस्या परेपछि आयोगले दलहरूसँग सुझाव मागेको थियो । संविधानअनुसार २ सय ४० क्षेत्र भए पनि यसअघि संविधानसभाको चुनावमा थपिएका ३५ क्षेत्रलाई मात्र तलमाथि गरेर क्षेत्र निर्धारण गर्न सकिने अवस्था छ । ३५ क्षेत्र मात्र चलाउँदा जनसंख्या बढेका स्थानमा क्षेत्र थप्न नसकिने अवस्था छ । जहाँका क्षेत्र चलाउन सकिने अवस्थामा छन् त्यहीं थप्नुपर्ने गरी जनसंख्या वृद्घ िभएको छ । मधेसी दलहरूले तराईका जनसंख्या ५० प्रतिशत पुगिसकेकाले कम्तीमा पनि हाल कायम रहेको १ सय १६ सिटलाई बढाएर १ सय २१ पुर्‍याउन दबाब दिइरहेका छन् ।
प्रकाशित मिति: २०७० श्रावण ४
- See more at: https://www.facebook.com/nepalinewss
-popular VIDEO:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:

Post a Comment